Comments Add Comment

बाढीले घर बगाएका ५१ परिवारले पाए अावास


१० पुस, मोरङ, पथरी । मोरङको धनपालथान गाउँपालिकाका बाढीले घर बगाएका ५१ परिवारलाई लुथरन कल्याण समाजले घर बनाइदिएको छ ।

अरु बाढीपीडित र बिपन्नलाई आयआर्जन तालीम तथा काम गरेर आयआर्जन गर्ने उपकरण प्रदान गरेको छ । धनपाल–६ स्थित बालुवाबाडी, दादर टोल, खयर टोलका घरबारविहीन भएका ५१ परिवारलाई समाजले घर बनाइदिएको सो संस्थाका कार्यक्रम संयोजक जोयल सोरेनले बताए ।

सोरेनले भने, “रु ३० हजारको लगानीमा घरका १२ वटा पिलर र टिन लगाइएको हो बाँकी घेराबार घरधनीले नै गर्नुहुनेछ । ५१ वटा घर निर्माण गर्न रु एक करोड ७० लाख खर्च भएको सोरेनको भनाइ छ । लत्ताकपडा, खाद्यान्न बगाएपछि वीरक्तिएका बाढीपीडित सामान्य अवस्थाको घर संस्थाले बनाइदिएकामा खुशी छन् । धनपाल– ६ स्थित बालुवाबारी की ५० वर्षीया मल्हो मरण्डीले भने, “घर पाएकाले खुसी छु । उनी मात्र होइन उहाँकै छिमेकी मौला हस्दा पनि मख्ख छन्”– उनले भने, “केही थिएन घर बनाइदिए उनीहरुलाई त भगवान् नै मान्नुपर्छ ।”

उक्त संस्थाले बाढीपीडित किसानलाई तालीम दिएर तरकारी खेती गर्न सहयोगसमेत गरेका छन् । धनपाल गाउँपालिकाकै फूलमती देवी मण्डललगायतका किसानलाई तरकारीखेती गर्ने तालीम दिएपछि उनीहरुले राम्रो तरकारी खेती गरेर आयआर्जन गरिरहेका छन् । विपन्न समुदायका युवतीलाई ब्युटीपार्लर तालीमसमेत दिएको ब्युटीपार्लर सेन्टर खोलेकी सोना हस्दाको भनाइ छ ।

त्यस्तै धानपाल– ३ माया गञ्जका वसन्त ऋषिदेवलाई किराना पसल गर्न रु १५ हजार लगानीसमेत गरिदिएको छ । कर्सीया बजारमा मोटरसाइकल मर्मत सेन्टर खोल्नुभएका महेश ऋषिदेवलाई रु ४० हजारको सवारीसाधनमा हावा भर्ने उपकरण प्रदान गरेको छ । महेशले भने, “मेसिनले हावा भर्न थालेपछि बल प्रयोग गर्ने पम्पका लागि कस्ट गर्नु परेको छैन ।”

समाजले धनपालथानको दानवती आधारभूत विद्यालयमा र मदरसा नुरानी आधारभूत विद्यालयको दुईकोठे चर्पी निर्माणका लागि आर्थिक सहयोग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment