Comments Add Comment

कश्मीरमा क्रिकेट खेल्ने रुविना क्षत्रीको रहर

१० पुस, काठमाडौं । नेपाली महिला क्रिकेट टिमकी कप्तान रुविना क्षत्री कश्मीममा चिफ मिनिस्टर टी-२० प्रिमियर लिग खेल्न सुरुमा त हिचकिचाइन् । तर, स्थानीय खेलाडीहरुसँग घुलमिल भएपछि उनी तयार भएकी छन् ।

जम्मु कश्मीर प्रहरी र स्पोट्र्स काउन्सिलको आयोजनामा हुन लागेको यो प्रतियोगितामा रुविना मात्र होइन, नेपाल र बंगालादेशका अरु महिला क्रिकेटर पनि खेल्दैछन् ।

‘जब मैले लिगको निमन्त्रणा पाएँ, मलाई यहाँ आउन (हिंसाका कारण)डर लागेको थियो’ उनले भनिन्, ‘तर मैले सही निर्णय लिए र म खेलमा रमाएकी छु ।’

भारतका अन्य प्रदेशहरुबाट पनि महिला क्रिकेटरहरु समेत मिलाएर ८ टिम बनाइएको छ । तर, अन्तराष्ट्रिय क्रिकेटरहरुलाई पनि सहभागी गराइएको भने यो पहिलो पटक हो ।

‘मलाई थाहा थियो कि जम्मु र कश्मीर अलगअलग क्षेत्र हुन् र हिंसा कश्मीर क्षेत्रसम्म सीमित छ’ रुविनाले भनेकी छन्, ‘कश्मीरका युवतीहरुसँग भेेट भयो र उनीहरुको सुन्दर स्वभाव देखेर यहीँ क्रिकेट खेल्ने दिनको पर्खाइमा छु ।’

बंगलादेश महिला क्रिकेट टिमकी पूर्व कप्तान शाथिर्या जाकिर जेसीले यो प्रतियोगिता खेल्दैछन् । उनले गर्भवती भएका कारण थुप्रै प्रतियोगिता गुमाएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment