+

ललितपुर र पोखरा ईपीएलको प्लेअफमा

२०७४ पुष  ११ गते १६:३५ २०७४ पुष ११ गते १६:३५
ललितपुर र पोखरा ईपीएलको प्लेअफमा

११ पुस, काठमाडौं । एभरेष्ट प्रिमियर लिग क्रिकेट ईपीएलको लिग चरणको अन्तिम खेलमा पोखरा राहिनोजमाथि ६ विकेटको जित हासिल गर्दै ललितपुर प्याटि्रयट्स प्लेअफमा पुगेको छ ।

योसँगै ईपीएलको प्लेअफ समीकरण पूरा भएको छ । लिगको शीर्ष दुई स्थानमा रहेको विराटनगर वारियर्स र भैरहवा ग्ल्याडिएटर्सले क्वालिफायर्स राउण्ड खेल्नेछन् । यी दुईको बिजेता सिधै फाइनलमा पुग्नेछ ।

तेस्रो र चौथो स्थानमा रहेका ललितपुर र पोखराले इलिमिनेटर राउण्ड खेल्नेछन् । यी दुईको बिजेताले क्वालिफायर्स राउण्डमा पराजित हुनेसँग फाइनल प्रवेशका लागि खेल्नेछ ।

टियू मैदान कीर्तिपुरमा पोखराले दिएको १३३ रनको लक्ष्य ललितपुरका कप्तान ज्ञानेन्द्र मल्लले इनिङको अन्तिम बलमा छक्का हान्दै पूरा गरे । ललितपुरलाई जितका लागि अन्तिम ओभरमा ७ रन आवश्यक थियो । यस्तोमा शुसान भारीले पहिलो बल डट फाले । दोस्रो बलमा मल्लले ३ रन लिए । पोखराका फिल्डरहरुको तालमेल नमिल्दा त्यसको फाइदा ललितपुरले उठाएको थियो । तेस्रो बलमा दिपेश भण्डारी आउट भएपछि ललितपुर दवावमा पर्‍यो ।

चौथो बलमा सन्नी पटेलले १ रन लिँदै स्ट्राइक रोटेट गरे । त्यसपछि पाचौं बलमा ज्ञानेन्द्रले २ रन लिए भने अन्तिम बलमा स्ट्रेट छक्का प्रहार गर्दै खेल जिताए । उनले अविजित २७ रन बनाए ।

यसअघि पोखराले शानदार सुरुवात गरेको थियो । अेापनरहरु जयकिसन कोस्लावाला र शंकर रानाले पहिलो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए । कोस्तावालाले ५६ र रानाले ३५ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित ओभरमा ५ विकेट गुमाएर १३२ रन बनाएको थियो । उसका लागि सुनील धमलाले सर्बाधिक ७० रनको अविजित पारी खेले । उनले एउटा एण्डबाट रन बनाउँदा अर्को एण्डबाट पोखराले विकेट गुमाइरहृयो । उसका लागि राजेश पुलामीले ३२ र बिनोद भण्डारीले १२ रन बनाएका थिए ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय