Comments Add Comment

प्रियंका र आर्यनको ‘बटरफ्लाई’को व्यापार कस्तो होला ?


नायक आर्यन अधिकारी अहिले चलचित्र ‘बाँध मायाले’को छायांकनमा व्यस्त छन् । नायिका प्रियंका कार्की भने चलचित्र ‘लिलिबिली’को छायांकनका लागि टर्कीमा छन् । यी दुबै कलाकार नहुँदा चलचित्र ‘बटरफ्लाई’लाई केहि समस्या परेको छ ।

तर, चलचित्रको रोमान्टिक गीत र ट्रेलर रुचाइएपछि यसको निर्माणपक्ष खुशी छ । रमेश प्रजापति कार्यकारी निर्माता रहेको चलचित्रले प्रेमको कथा भनेको छ ।
चलचित्रमा समावेश ‘म गाउँदिन गीत अब’ बोलको गीत १३ लाख भन्दा बढी पटक हेरिएको छ ।

गीतको सफलताले पनि चलचित्रको व्यापारलाई फाइदा पुग्नेमा निर्देशक ओम प्रतिक ढुक्क देखिएका छन् । पौष २८ गतेबाट रिलिज हुने चलचित्रलाई माघे संक्रान्तिको बिदाले पनि फाइदा दिनेछ ।

एउटा फरक प्रेमकथा आफूले बनाएको भन्दै निर्देशक प्रतिकले दर्शकले रुचाउनेमा आफू विश्वस्त रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment