१४ पुस, झापा । दुई मिर्गौला विग्रिएर उपचारको क्रममा रहेकी झापाकी पत्रकार माया पकुवालले सहयोगको याचना गरेकी छिन् । उनी अहिले काठमाडौंको मानव अंग प्रत्यारोपण केन्द्रमा उपचारको क्रममा छिन् ।
पकुवाल झापाको भद्रपुरबाट प्रकाशित हुने वरुण साप्ताहिककी सम्पादक हुन् । मिर्गाैला प्रत्यारोपणका लागि रकम अभाव भएकाले उनले सहयोगको लागि अपिल गरेकी छिन् ।
पकुवाललाई उनका जेठाजु सौरभ प्रधानले एउटा मिर्गाैला दिने भएका छन् ।
‘जेठाजुको मिर्गाैला म्याचिङ हुन्छ हुँदैन थाहा छैन’, उनले भनिन्, ‘यदि उहाँको भएन भने दाजु र श्रीमान पनि दिन तयार हुनुहुन्छ ।’ उनले मिर्गौला दिन व्यक्ति तयार भए पनि उपचारमा लाग्ने रकमको समस्या रहेको बताइन् ।
१५ वर्षदेखि झापामा रहेरै पत्रकारिता गर्दै आएकी ४६ वर्षीया पकुवालको मिर्गाैलामा गत बैशाखदेखि समस्या आएको उनका पति सञ्जय श्रेष्ठले बताए ।
टाउको दुख्ने र रिँगटा चल्ने समस्या आएपछि २०७४ बैशाखमा पकुवाल धरानस्थित बिपी मेमोरियल अस्पतालमा उपचारका लागि गएकी थिइन् । उपचारमा संलग्न चिकित्सकले मिर्गौलामा समस्या देखिएको बताउँदै उनलाई औषधि खान सुझाव दिएका थिए ।
प्रतिक्रिया 4