+
+

जेद्धामा मनाइयो ल्होसार

अञ्जन पोखरेल अञ्जन पोखरेल
२०७४ पुष १६ गते ८:२९


जेद्धा । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबको पश्चिम क्षेत्रमा रहेका तमुहरूले आफ्नो भाषा, संस्कृति र परम्परालाई जगेर्ना गर्न अघिल्ला वर्षहरूमा जस्तै यस वर्ष पनि तमु ल्होसार मनाएका छन् ।

नेपाली पात्रो अनुसार पुस १५ का दिन ल्होसार मनाउने गरिए पनि नेपालीहरुले पुस १४ कै दिन ल्होसार मनाएका छन् । पुस १४ का दिन कार्यालय जानुपर्ने भएपछि नेपालीहरुले अघिल्लै दिन परम्परागत भेषभूषामा सजिएर आफ्नो पर्व मनाए ।

इम्पाला गार्डेन रेस्टुरेन्ट हलमा आयोजना गरिएको ल्होसार कार्यक्रमको सभापतित्व तमु धीं जेद्धाका अध्यक्ष वुद्धिलाल तमुले गरेका थिए भने कार्यक्रमको प्रमुख आतिथ्यता महावाणिज्य दूतावास जेद्धाका वाणिज्यदूत मनहरि दंगालले गरेका थिए । नवनियुक्त श्रम सहचारी राजु कुँवरलगायतलाई विशिष्ट अतिथिका रुपमा निम्त्याइएको थियो ।

‘च्हे ल्हो’ अर्थात् चरा वर्गको विदाइ र ‘खि ल्हो’ अर्थात् कुकुर वर्गको स्वागत गरी मनाइएको तमु ल्होसार कार्यक्रममा लामा कृष्ण तमुबाट तमुशास्त्रमा उल्लेखित मन्त्रोच्चारण साथै प्रमुख अतिथि तथा सभापतिवाट संयुक्त रूपमा दिप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरिएको थियो ।

सुरज तमुले सञ्चालन गरेको कार्यक्रममा माया तमुस्योले स्वागत मन्तव्य राखेकी थिइन् ।

प्रमुख अतिथ दंगालले शुभकामना मन्तव्य राख्दै प्रवासको ठाउँमा रहेर तमु समुदायले आफ्नो एकल जातीय मात्रै नभएर सम्पूर्ण नेपालको राष्ट्रिय एवं सांस्कृतिक महत्व राख्ने अन्य पर्वहरूमा समेत समान भूमिका निर्वाह गर्दै मौलिक संस्कृति जीवन्त राख्न खेलेको भूमिकाको प्रशंसा गरे ।

दोस्रो चरणको सांस्कृतिक कार्यक्रमका संयोजक तथा लोकगायक धनबहादुर तमुको अगुवाइमा ख्यातिप्राप्त कलाकारहरू दिया रिजाल, सिम्रन मगर, सरगम सानु, माया न्यौपाने, अञ्जली हिताङ, शान्ता लामा, खिम तमु, नेत्र तमु, खोविन तमु, गणेश तमु, सागर लामा, अनिस बमजन, साजन चौधरी, आरपित मगर, सुरज तमु, विनोद न्यौपाने, आनन्द कार्की र परशुराम गाहा मगरले संगीतिक प्रस्तुति दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?