Comments Add Comment

एनसेल मेलामा झुम्यो विराटनगर


१६ पुस, विराटनगर । एनसेलले शनिबार विराटनगरको हाटखोलामा आयोजना गरेको एनसेल मेला, २०७४ मा दर्शकहरुले भरपुर मनोरञ्जन लिएका छन् । कम्पनीले आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक हुँदै खुसियाली साटासाट गर्ने र दु्रतगतिको मोबाइल ब्रोडव्याण्ड सेवा फोरजीको अनुभव प्रदान गर्ने उद्देश्यका साथ आयोजना गरेको यो मेलामा दर्शकले कलाकारहरुको प्रस्तुतिसँगसँगै गाउँदै नाच्दै रमाइलो गरे ।

विविध मनोरञ्जनात्मक कार्यक्रम तथा गतिविधीहरुले भरिपूर्ण एनसेल मेला बिहान ११ बजे शुरु भएको थियो ।

मेलामा चर्चित कलाकारहरु तथा संगीतिक समूहले प्रस्तुति दिएका थिए । फोरजी थिममा आधारित गेम स्टलहरु, जुनियर सिङगिङ्ग आइडल, किड्स जोन, फेसबुक ट्यागिङ् र फुड स्टलहरु मेलाको आकर्षणका रुपमा रहेका थिए ।

मेलामा रहेको एनसेल फोरजी जोनमा आगन्तुकहरुले दु्रतगतिको नयाँ सेवा फोरजी इन्टरनेट चलाएर टेष्ट गर्न सकिने र मेला स्थलबाट नै फोरजी सिम लिन सकिने व्यवस्था गरिएको थियो ।


मेलाको मुख्य आकर्षण रहेको कन्सर्टमा, कलाकार शिव परियारले आफ्नो हिट ‘क्या दामी भो’, ‘पिलायो साथीले’ र ‘संगी’लगायत गीतहरु प्रस्तुत गर्दै दर्शकहरुलाई भरपुर मनोरञ्जन गराएका थिए । कलाकार आशिष राना (लाउरे) ले ‘नेपहपको बाटो’, ‘हाउडे’ र ‘केस नं ४२०’ जस्ता गीत गाएर दर्शकको मन जितेका थिए ।

त्यस्तै, सांगीतिक समूह कबवेबले अत्याधिक मन पराइएका गीतहरु ‘मार्याे नि मार्यो नि’ र ‘तिम्रो माया’ जस्ता चर्चित गीतहरु प्रस्तुत गर्दै र द एज व्याण्डले लोकप्रिय ‘तिम्रो लागि’ र ‘थाहा छैन’ जस्ता आ–आफ्नो प्रस्तुतिमार्फत दर्शकलाई गीतमा झुम्दै नाच्नका लागि उत्साहित गरेका थिए ।

रोडिजका विजेता समन श्रेष्ठ र उपविजेता अनिमेश शाहीको उपस्थितीले मेलामा थप रौनकता छाएको थियो । मेलामा सबै उमेर समूहका दर्शकहरुको मनोरञ्जनलाई ध्यानमा राखी विभिन्न कार्यक्रमहरु समावेश गरिएको थियो र थुप्रै गेम स्टलहरुमा दर्शकले मनोरन्जन लिनुका साथै विभिन्न पुरस्कारहरु पनि जित्न सफल भएका थिए ।

युवाहरु फोरजी थिम रहेको पेपर प्लेन थ्रो, मिनी गल्फ, फ्रग जम्प र कार रेस जस्ता गेम्सहरु खेल्न तल्लिन देखिन्थे भने बालबालिकाहरु ट्राम्पोलिन र गो कार्ट जस्ता खेलहरुमा मजा लिइरहेका देखिन्थे । टेम्पोररी ट्याटु, डिस्नी प्रिन्सेस् क्यासल र क्यारेक्टरहरु लगायत विविध आर्कषणले बालबालिकाहरुको ध्यान केन्द्रित गरेको थियो । त्यसैगरी, फेसबुक ट्यागिङ कन्टेस्ट, ब्लाइण्ड मेकअप, युनिकर्न रिङ् टस जस्ता गेम्सहरु दर्शकहरुको उत्साहजनक सहभागिता थियो ।


एनसेल मेलाले विराटनगरमा ग्राहक तथा दर्शकहरुलाई पूर्ण मनोरञ्जन प्रदान गर्दै सबैको मन जित्न सफल भएको एनसेलले जनाएको छ । गीत–संगीत, गेम्स र अन्य विभिन्न आर्कषणबाहेक, मेलामा दर्शकहरुले विभिन्न देशी र विदेशी परिकारहरुको मजा लिन पाएका थिए । विराटनगरपश्चात एनसेल मेला पुष २२ गते बुटवलको सिद्घेश्वरी मैदान, दीपनगरमा र पुष २९ गते ललितपुरको जावलाखेल मैदानमा आयोजनापश्चात समापन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment