Comments Add Comment

निर्वाचन आयोग दलको शाखा कार्यालय बन्नु भएन: नेता ज्ञवाली

१६ पुस, गुल्मी । नेकपा एमालेका सचिव एबं गुल्मी क्षेत्र नम्बर १ का ससंद प्रदिप ज्ञवालीले निर्वाचन आयोगलाई कुनै दलको शाखा कार्यालय जस्तो नबनेर तटस्थ ढङ्गले काम गर्न आग्रह गरेका छन् ।

प्रेस चौतारी नेपाल गुल्मीले आयतबार आयोजना गरेको पत्रकार भेटघामा नेता ज्ञवालीले भने, ‘निर्वाचन आयोग कुनै राजनीतिक दलको पक्षमा लागेर समानुपातिकतर्फको नतिजा निकाल्न आनाकानी गर्नु लज्जास्पद विषय हो । आयोग जस्तो निकाय स्वतन्त्र र निष्पक्ष हुनुपर्छ ।’

उनले संविधान र कानुनको अपव्याख्या गरेर अहिलेको सरकारले दीर्घकालीन असर पर्ने निर्णयहरु गरिरहेको बताए । ‘सरकारले सहमति भन्दा निहुँ खोजिरहेको छ,’ ज्ञवालीले भने,’कुनै निर्णय पनि वाम गठबन्धनलाई मान्य छैनन् ।’

अहिलेको सरकारले ताजा जनादेशको अपमान गरेको बताए । चुनावको मत परिणाम सार्वजनिक भएको पन्ध्र बीस दिन बितिसक्दा समेत सरकारले कुर्चीमै रमिता देखाइरहेको आरोप लगाए ।

ज्ञवालीले समानुपातिकतर्फको नतिजा सार्वजनिक नगर्ने निर्वाचन आयोग र सरकारको गतिविधि बिडम्बनापूर्ण रहेको प्रतिक्रिया दिए ।

आलोपालो सरकार गठन त्यो कदापी हुन नसक्ने बताए । सरकार गठन पछि मन्त्रीहरुको कार्यशैलीका आधारमा कार्यविभाज हेरफेर भएपनि सरकार गठनमा आलो पाला नहुने दावी गरे ।

उनले एकताको बिषय केपी र प्रचण्ड वा एमाले माओवादीको भन्दा बहुमत नेपालीको भावना भएकाले एकता प्रति कुनै सन्देह नराख्न सवैलाई आग्रह गरे ।

ज्ञवालीले माओवादी र आफूहरुबीच कुनै सैद्धान्तिक असहमति नभएको बताए । उनले संंविधानमा समेत आफूहरुको बिचार प्रतिबिम्ति भएकाले संगठनको संरचना र इतिहासको बिषयमा रहेका केही असहमति पनि छिट्टै टुङ्गो लाग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment