Comments Add Comment

धनकुटालाई प्रदेश राजधानी बनाउन माग गर्दै बालुवाटारमा धर्ना

१७ पुस, काठमाडौं । प्रदेश १ को राजधानी धनकुटालाई घोषणा माग गर्दै प्रधानमन्त्री निवास वालुवाटारमा धर्ना दिइएको छ । प्रादेशिक राजधानी निर्माण अभियान समितिले सोमबार विहान बालुवाटारमा घेराउ गरेको गरेको हो ।

भौतिक पूर्वधार रहेको र अन्र्तराष्टिय सिमाना र भौगोलिक समदुरीले पनि उपयुक्त रहेको भन्दै समितिले धनकुटालाई प्रदेश १ को राजधानी धनकुटालाई बनाउन मागगरेको छ ।

प्रदेशसभाका सांसद इन्द्रमणी पराजुली, कांग्रेस धनकुटाका सभापति अग्निप्रसाद पौडेल, एमाले नेता धर्मराज पौडेल, अभियानका संयोजक उमेश घिमिरे लगायतले धनकुटालाई प्रदेश १ को राजधानी घोषणा नगरे आन्दोलन गर्ने चेतावनी दिए ।

धर्नामा प्रदेश सभाका सांसदहरु लिला सुब्बा, आर सी तुम्वा, बिना राई, कुसुमकुमारी श्रेष्ठ लगायतको पनि सहभागिता थियो ।

धनकुटालाई राजधानी बनाउन माग गर्दै प्रदेश १ का १४ वटै जिल्ला र काठमाडौंमा समेत गरी ७ लाख भन्दा बढीको हस्ताक्षर संकलन गरिएको र भोलि प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउने कार्यक्रमको रहेको कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राईले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment