Comments Add Comment

जगदम्बा सिमेन्टद्वारा दिगो संरचना निर्माणको प्राविधिक जानकारी प्रदान


१८ पुस, काठमाडौं । जगदम्बा सिमेन्टले दिगो तथा भूकम्प प्रतिरोधात्मक संरचना निर्माणमा अवलम्वन गर्नुपर्ने विविध प्राविधिक जानकारी प्रदान गर्दै शुक्रबार बागडोलमा राजमिस्त्रीहरुसँगको भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा सयभन्दा बढी राजमिस्त्री तथा डिलर वर्गहरुको सहभागिता रहेको थियो । जगदम्बा सिमेन्टले उपभोक्ता तथा समाज प्रति उत्तरदायी रही विविध उपभोक्तामुखी कार्यक्रम समेत गरिरहेको छ ।

कम्पनीले यसै आर्थिक वर्षमा ‘आऔ सबै मिलि देश बनाऔं’ भन्दै सारा नेपालीलाई देश निर्माणको लागि अपिल गरिरहेको छ भने आफ्नै स्तरबाट सरकारले अघि सारेको पुनर्निर्माणको कार्यलाई सघाउने उद्देश्यले सुरक्षित र मजबुत निर्माण गर्नका निम्ति विभिन्न कार्यक्रमहरु अघि सार्दै देशका विभिन्न स्थानमा कार्यक्रमहरु गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment