Comments Add Comment

अष्ट्रेलियामा पण्डित दिनवन्धु पोखरेलले भने-बेद र बुद्धको संसारभर सँगै प्रचार गरौं

२ जनवरी, सिड्नी । नेपालका चर्चित पण्डित दिनबन्धु पोखरलेले बेद र बुद्ध नेपालको पहिचान भएकोले संसारभर व्यापाक प्रचार हुनुपर्ने बताएका छन् ।

अष्ट्रेलियाको सिड्नीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै पण्डित दिनबन्धुले आफू आध्यात्मवादको प्रचारको लागि संसारभर पुगेको भन्दै अष्ट्रेलियामा पनि नेपाली पहिचानको संरक्षणका लागि सबै लाग्नु पर्ने बताए ।

सिड्नीमा नेपालीहरुको सामुदायिक केन्द्र स्थापना गर्न सबै जुट्नु पर्ने भन्दै त्यसका लागि कोही नछुटी लाग्नु पर्ने बताए ।

पण्डित दिनबन्धुसँगै आएका एनपी फाउण्डेशनका महासचिव डाक्टर विष्णु खनालले अब अध्यात्मवाद र भौतिकबादको फ्यूजन गर्दै अघि बढ्नु पर्ने पण्डित पोखरलेलको दर्शन समयसापेक्ष भएको टिप्पणी गरे ।

कार्यक्रममा अष्ट्रेलियाका सामाजिक अभियन्ता दिनेश पोखरेलले सिड्नीमा नेपालीहरुको सामुदायिक केन्द्र निर्माणको लागि भएको पहलमा मंगलबारको अन्तरक्रिया निकै उपयोगी हुने बताए ।

कार्यक्रममा अर्का सामाजिक अभियन्ता ध्रुव सुवेदीले पनि सामुदायिक केन्द्र निर्माण गर्न सबै नेतृत्वले पहल गर्नुपर्नेमा जो दिए ।

कार्यक्रममा एनआरएनए अष्ट्रेलियाको महिला विङ् संयोजक प्रतिज्ञा अधिकारीले पनि सामुदायिक केन्द्र निर्माण गर्न धेरै पहल भएको तर परिणाम देखिन बाँकी रहेको बताइन् ।

शिव बञ्जाडेको संयोजनमा भएको कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष नन्दु गुरुङले सिड्नीमा भएका नेपालीहरु सबै नेपाली सामुदायिक केन्द्र निर्माण गर्न एकजुट हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment