+
+
Shares

सर्लाही र ताप्लेजुङमा आगलागी, ७३ लाख रुपैयाँको क्षति

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष १८ गते १६:४९
फाइल फाेटाे

१७ पुस, काठमाडौं । सर्लाहीको हरिवन नगरपालिका–११ को एक पसलमा आगलागी हुँदा ७० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

शेख आसिम मार्केटस्थित स्थानीय सुरेश दासको लक्की रेडीमेड कपडा पसलमा मंगलबार बिद्युत सर्ट भइ आगलागी हुँदा उक्त रकम बराबरको धलमाल जलेर नष्ट भएको प्रहरीले जनाएको हो ।

ईलाका प्रहरी कार्यालय हरिवनको प्रहरी टोली, दमकल र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

यसैबीच, ताप्लेजुङको मेरिङदेन गाउँपालिका–२ का एक व्यक्तिको घरमा चुल्होबाट आगो सल्किएर आगलागी हुँदा ३ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

प्रहरी प्रधान कार्यालयले जनाएअनुसार स्थानीर अम्मरबहादुर खातीको घरमा खाना पकाउने क्रममा चुल्होबाट आगो सल्केर आगलागी भएको थियो ।

आगलागीबाट घर, अन्नपात, लत्ताकपडा, भाडाबर्तन गरी करीव ३ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको हो । आगो प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?