१८ पुस, काठमाडौं । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले प्रदेश १ को समानुपातिकमा एक सिट पायो । त्यसमा पार्टीले अध्यक्ष कुमार लिङदेनको नाम पठायो ।
तर, निर्वाचन आयोगले समानुपातिक सूची त्रुटीपूर्ण भएको ठहर गर्दै सच्याउन पत्र पठाएको छ । पार्टी अध्यक्ष लिङदेनले पनि आयोगको पत्र आएको स्वीकार गर्दै अनलाइनखबरसँग भने, ‘भोलि १० बजे सच्याएर नयाँ नाम पठाउँछौं ।’
आयोग स्रोतका अनुसार संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले प्रदेशसभा सदस्यमा महिला पठाउनु पर्ने थियो । महिलातर्फ विष्णु तुम्वाहाम्फेको नाम पहिलो नम्बरमा छ ।
तर, लिङ्देनको नाम पठाएपछि अस्वीकृत भएको हो । उनको नाम पुरुषतर्फ पहिलो नम्बरमा थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4