+
+
Shares

प्रचण्डलाई प्रधानमन्त्री बनाउन कांग्रेसले समर्थन गर्नसक्छः लेखक

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष १८ गते १७:५४

१८ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाएर अघि बढ्न आफूहरु तयार रहेको बताएका छन् ।

रिपोर्टर्स क्लवमा आयोजित साक्षात्कारमा उनले भने, ‘राजनीति भनेको सबै संभावनाको खेल हो, यहाँ सबै खाले संभावनाहरु जीवित हुन्छन्, त्यसैले प्रचण्डलाई प्रधानमन्त्री बनाएर अघि बढ्न हामी तयार छौं ।’

नेता लेखकले राष्ट्रियसभाको निर्वाचन सम्पन्न नभएको, प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक नभएको अवस्थामा अहिल्यै कसको नेतृत्वमा सरकार बन्छ भन्ने स्पष्ट भइनसकेको बताए ।

यद्यपी उनले जनताले वाम गठबन्धनको पक्षमा जनमत दिएकोले एमाले र माओवादीले सरकार बनाउँदा राम्रो हुने भन्दै आफूहरुको शुभकामना रहेको सुनाए ।

तर उनले एमाले र माओवादीबाहेक पनि सरकार बन्न सक्ने सम्भावना रहेको उनको भनाई छ । उनले भने, ‘निर्वाचनको सम्पूर्ण मतपरिणाम आओस्, अनि यो कुरा क्लियर हुन्छ ।’

आफ्नो पार्टीले निर्वाचनमा व्यहोरेको पराजयको बारेमा तत्काल केन्द्रीय कार्यसमिति बैठक आहृवान गरेर व्यापक समीक्षा गरिने पनि उनले जानकारी दिए । उनले भने, ‘हामी सुक्ष्म ढंगले छलफल गर्छौं, र आवश्यक निर्णय लिन्छौं ।’

उनले निर्वाचनमा कुनै एक नेताको कारणलेमात्रै पार्टी पराजित नभएको पनि दाबी गरे । उनले भने, ‘कांग्रेसले विगतमा पनि सरकारको नेतृत्व गरेको बखत् निर्वाचनमा हार व्यहारेको छ, हार्नुको कारणको खोजी हुन्छ ।’ लेखकले एक जना नेताको गुण र दोषको आधारमा निर्वाचन नहारेको भन्दै समग्रबारेमा समीक्षा गरिने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?