Comments Add Comment

मिर्गाैला पीडित पकुवालकाे सहयाेगमा यूएर्इमा कार्यरत् झापाली पत्रकार एकजुट

१९ पुस, दुबई । दुवै मिर्गाैला बिग्रिएर उपचारकाे क्रममा रहेकी नेपाल पत्रकार महासंघ झापाकी सदस्य एवं भद्रपुरकाे बरुण साप्ताहिककी सम्पादक माया पकुवालको उपचारमा सहयोग जुटाउन यूएईमा कार्यरत झापाली पत्रकारहरु एकजुट भएका छन् ।

पत्रकार महासंघ झापाका सदस्य पत्रकार रुपेश अधिकारीको संयाेजनमा यूएईका विभिन्न स्थानमा रहेका पत्रकार र शुभेच्छुकहरुबाट सहयोग संकलन भइरहेको पत्रकार डिल्ली हुमागाईले जानकारी दिएका छन् ।

दुबै मिर्गाैला खराब भएर हाल मिर्गाैला प्रत्यारोपणका लागि मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचाररत पकवालको सहयोगका लागि पत्रकार महासंघ झापाले आर्थिक सहयोगका लागि सबैलार्इ अपील गरेकाे छ ।

सोही अपीललाई मध्यनजर गर्दै पत्रकार महासंघ झापाको समन्वयमा प्रवासमा रहेर (यूएई) पत्रकारिता गरिरहेका पत्रकारहरुबाट सहयोग गर्ने उदेश्य अनुरुप सहयोग अभियान चलाइएको संयोजक अधिकारीले बताए।

सहयोग संकलन अभियानमा यूएईमा एक दर्जन जति झापाली पत्रकार रहेको जानकारीमा आएको छ । अहिलेसम्म पकवालको सहयोगका लागि प्रतिबद्धता गर्नेहरुमा पत्रकारहरु अगाडि छन् ।

यस अभियानमा रुपेश अधिकारी, रामप्रसाद ढुङ्गेल, त्रिलोचन कोइराला, जगत लुइँटेल, डिल्ली हुमागाई, मेघराज सापकोटा राज निरौला, शेषराज न्यौपाने, दुर्योधन कार्की र मनोज तपश्वी रहेका छन् ।

पत्रकारको दु:खमा साथ दिनका लागि केही सामाजिक अगुवाहरु पनि अगाडि सरेका छन् । यसमा एनआरएन एलएन क्षेत्रीय अध्यक्ष गोपाल पौडेल, मिलन अधिकारी, ताप्लेजुङ समाज यूएईकि कार्यवाहक अध्यक्ष सोनि भन्डारीले पनि सहयोगको प्रतिबद्धता जनाएका छन् ।

सहयोग संकलनमा सहजताका लागि रुपेश अधिकारीलाई अबुधाबी जगत लुइटेललाई दुबई, शेषराज न्यौपानेलाई अबुधाबी, डिल्ली हुमागाईलाई अलऐन र रामप्रसाद ढुङ्गेललाई फुजेरा क्षेत्रको प्रतिनिधि तोकिएको छ ।

यो सहयोग संकलन अभियान जनवरीको दोस्रो सातासम्म चलाउने सम्योजक अधिकारीले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment