Comments Add Comment

वीरगञ्जलाई प्रदेश राजधानी बनाउन माग गर्दै रिले अनशन

२१ पुस, वीरगञ्ज । वीरगञ्जलाई प्रदेश नं. २ को राजधानी बनाउनुपर्ने माग राखेर आन्दोलनमा रहेको संघर्ष समितिले शुक्रबारदेखि रिले अनशन शुरु गरेको छ । वीरगञ्जको घण्टाघरमा प्रादेशिक राजधानीका लागि गठित संघर्ष समितिको आयोजनामा रिले अनशन शुरु भएको हो ।

जनकपुरलाई प्रदेशको अस्थायी राजधानी तोकिएको चर्चा शुरु भएदेखि नै वीरगञ्जमा त्यसको विरोध भइरहेको छ । बारा, पर्साका विभिन्न राजनीतिक दलका अगुवा, युवा, विद्यार्थी नेताहरुले संघर्ष समिति नै गठन गरेर दवावमुलक कार्यक्रमहरु गर्दै आइरहेका छन् ।

रिले अनशनको पहिलो दिन शुक्रबार पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता सुरेन्द्र चौधरी, बसरुद्धिन अन्सारी, शम्भु गुप्ता, ओमप्रकाश सर्राफ, माओवादी नेतृ दुर्गा क्षेत्री, वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई, रुदल ठाकुर, सञ्जय सर्राफ, महमुद अन्सारी, वृजेश चौधरी, रञ्जु दहाल गरी १२ जना बसेका छन् ।

वीरगञ्जलाई प्रदेश नं. २ को राजधानी नबनाएसम्म आन्दोलन जारी रहने तरुण दलका बारा अध्यक्ष लुकेश सिंहले जानकारी दिए । ‘वीरगञ्ज राजधानीका लागि हरेक कुराले सक्षम छ भन्नेमा हामी विश्वस्त छौं, मधेस आन्दोलनको केन्द्र पनि वीरगञ्ज नै थियो ।’ उनले भने ‘वीरगञ्जलाई राजधानी घोषण नगरेसम्म हाम्रो आन्दोलन जारी रहन्छ ।’

विभिन्न राजनीतिक दलका युवाहरुको आव्हानमा शुरु भएको संघर्षमा विस्तारै संघ संस्थाहरुको ऐक्यबद्धता देखिन थालेको उनको भनाई छ ।

वीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले अनशनमा बसेकाहरुलाई फुलको माला लगाएर स्वागत समेत गरेका छन् । फोरम राजपाको सरकार बन्ने लगभग निश्चित रहेको प्रदेश नं २ मा फोरम नेपाल राजधानीको विषयमा मौन रहेको समयमा फोरम नेपालबाटै निर्वाचित वीरगञ्जका मेयरले राजधानी वीरगञ्ज हुनुपर्ने माग सहित शुरु भएको आन्दोलनमा सहमति जनाएपछि यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

महानगरपालिकाको बोर्ड बैठकले समेत जुनसुकै हालतमा वीरगञ्जलाई प्रादेशिक राजधानी बनाउन पहल गर्ने निर्णय गरिसकेको मेयर सरावगीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment