+
+

सेल्फीको गयो जमाना, अब बन्नेछ १४ फिट अग्लो थ्री डी तस्वीर

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष २२ गते १९:००


एउटा यस्तो प्रविधिको विकास भएको छ जसबाट एउटा साधारण फोनबाट खिचिएको फोटोलाई १४ फिट अग्लो थ्री डी मूर्तिमा बदल्न सकिन्छ ।

अमेरिकाको ओहियोस्थित कोलम्बस कन्भेन्सन सेन्टरमा स्थापित यस प्रविधिको नाम न्यू आर्ट इन्स्टलेसन रहेको छ ।

कोलम्बस कलेज अफ आर्ट एण्ड डिजाइनका सहायक प्राध्यापक म्याथू मरको अहम योगदान छ, यो प्रविधिका लागि । यसमा झण्डै १४ लाख डलर खर्च भएको छ ।

यो बनाउनका लागि ३ हजार अत्यधिक चम्किला एलइडी पट्टीको प्रयोग गरिएको छ । जसले टाउकोको आकारको मूर्तिको चारैतर्फ तथा नाक सहितका अंगमा लपेटिएको छ । यहाँ आउने दर्शकले यसको सहायताले विशाल तस्वीरको अनुभव गर्न सक्दछन् ।

यसका लागि त्यहाँ बनेको फोटो बूथमा जानु पर्दछ । २९ हाइ डेफिनेसन क्यामराको मद्धतले तपाइँको तस्वीर खिचिनेछ र त्यसबाट अति नै उत्कृष्ट थ्री डी फोटोलाई उक्त टाउकोको मूर्तिमा प्रस्तुत गरिनेछ । एज्ेन्सी

हेरौँ कसरी खिचिन्छ यो भिमकाय फोटो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?