चलचित्र ‘धर्ती आकाश’ मार्फत स्पट ब्वाइको रुपमा आफ्नो चलचित्र करिअर सुरु गरेका मेकअप आर्टिस्ट इन्द्र लामा लामो समयदेखि किड्नीको समस्याले थलिएका छन् । उनले ‘राजमती, आमा, पन्छी, सडक, मितिनी, मुनामदन, बसन्ती, यो पागल मन’ जस्ता चलचित्रमा काम गरेका छन् ।
विगत ३ महिनादेखि मृगौलाको समस्याका कारण उनको हाल मनमोहन हस्पिटल, स्वयम्भूमा उपचार भैरहेको छ । आर्थिक अवस्था कमजोर भएका कारण उनको परिवारले सहयोग गरिदिन चलचित्र क्षेत्र र चलचित्रकर्मीसँग आग्रह गरेको छ ।
यस्तै, लामाको सहयोगका लागि पौष २७ गते राजधानी ब्याङ्क्वेट एन्ड मल्टिभेन्यू बनस्थलीमा सांकृतिक कार्यक्रम समेत आयोजना गर्न लागिएको छ । आफ्नो बाबुको जीवन रक्षाका लागि भन्दै छोरी माला लामा रंजितकारले यो कार्यक्रमको आयोजना गर्न लागेकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4