Comments Add Comment

डीसीमा चित्रकार सुबोध घिमिरेको एकल चित्रकला ‘कल्पनामा शान्ति’ प्रदर्शन

 जनवरी, न्यूयोर्क । नेपाल प्रहरीमा २८ वर्ष काम गरी निवृती लिएका चर्चित चित्रकार सुबोध घिमिरेले अमेरिकाको डीसीमा महानगर क्षेत्रमा अमेरिकामा नै आएर बनाएका चित्रहरुको ‘एकल चित्रकला प्रदर्शन’ गरेका छन् ।

गत जनवरी ५ शुक्रबारका दिन सुरु भएको उनको एकल चित्रकला प्रदर्शन जनवरी २६ तारिखसम्म चल्ने छ ।

काठमाडौँ घर भएका कलाकार घिमिरेले ‘पीस इन एब्सट्राकसन्’ अर्थात् ‘कल्पनामा शान्ति’ नामक मूल बिषयमा राखिएको उक्त एकल प्रदर्शन डीसी नजदिक आर्लिंगटनको फोकस ग्यालरीमा राखिएको छ । उनी लगायत अन्य बिदेशी कलाकारहरुको पनि उक्त चित्रकला कक्षमा प्रदर्शन गरिएको छ ।

‘अमेरिकामा चित्रकला प्रदर्शन गर्न कुनै पनि कलाकारको इच्क्षा हुन्छ र मैले पनि यो ठूलो बिशाल देशमा अवसर पाएकोमा गर्व गर्छु ।’ घिमिरेले भने ।

यसको साथै उनले यसलाई नै पेशाको रुपमा लाने प्रतिबद्धता जाहेर गरेका छन् । अमेरिकामा यसरी चित्रकलालाई नेपालबाट आएर पेशाको रुपमा बनाउनु ठूलो अर्थ राख्दछ ।

उनले प्रदर्शनमा राखिएका सवै चित्रहरु अमेरिकामा बनाएको भन्दै यसलाई निरन्तरता दिने बताएका छन् । उनका प्रदर्शनमा राखिएका चित्रकलाहरु ४ सय डलरदेखि २७ सय डलरसम्म मूल्यका रहेका छन् ।

कलाकार घिमिरेले चित्रकलालाई नै पेशामा लाने बताउँदै आफूलाई पारिवारिक सहयोग समेत रहेकोले अमेरिकामा काम गर्नु नपरेको बताए । यस पेशामा रहेका सबैलाई हौसला दिदै आफूले सहयोग र सल्लाह समेत दिने बताए ।

उक्त चित्रकला प्रदर्शनमा बिदेशी लगायत नेपाली समूदायको उपस्थिति रहेको थियो । सहभागी सवैले अमेरिका जस्तो देशमा यसरी नेपाल र नेपालीको नाम राख्नु ठुलो कुरो बताए ।

चित्रकार घिमिरे सानै उमेरबाट चित्रकला विधामा लागेका हुन् भने उनले ९ बर्षको उमेरमा अन्तर बिद्यालय स्तरीय प्रतियोगितामा बिजयी भएका थिए ।

उनले नेपाल बाहेक फ्रान्सको पेरिस तथा लियोनमा सफलता पूर्वक आफ्ना चित्रकला प्रदर्शन गरिसकेका छन् ।

कलाकार घिमिरे द्वन्द समाधानका उच्च श्रेणीमा बिशेष योग्यता हासिल गरेका छन् भने जस्को माध्यमद्वारा कलाकारहरुले कसरी आफ्ना बिचारहरु द्वन्द अवधी तथा द्वन्द समाप्त पछि चित्रण गर्छन भन्ने कुरामा जोड दिदै प्रदर्शन को मुख्य शीर्षक नै ‘कल्पनामा शान्ति’ भन्ने राखेका छन् ।

फ्रान्समा भएको घिमिरेको प्रदर्शनमा ७० प्रतिशत चित्रकला बिक्री भएका थिए । उनको अमेरिकामा यो पहिलो एकल प्रदर्शन हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment