Comments Add Comment

प्रधानमन्त्री देउवाको चुनाव खर्च २३ लाख

६ जनाले अझै बुझाएनन् चुनाव खर्च

२३ पुस, डडेल्धुरा ।  प्रधानमन्त्री शेरबहादुर देउवालै चुनाव खर्च विवरण निर्वाचन कार्यालय डडेल्धुरामा पेश गरेका छन् ।

चुनाव सम्पन्न भएको चार हप्ता पछि प्रधानमन्त्री देउवाले निर्वाचन खर्च विवरण निर्वाचन कार्यालयमा बुझाएका हुन् ।

निर्वाचन कार्यालयमा पेश गरिएको विवरण अनुसार प्रधानमन्त्री देउवाले २३ लाख ४ हजार पाँच सय रुपैयाँ चुनावका लागि खर्च गरेका छन् ।

सबैभन्दा बढी गोष्ठी/कार्यकर्ता परिचालनमा ७ लाख ६५ हजार खर्च भएको विवरणमा उल्लेख गरिएको छ ।

यस्तै सवारीसाधनमा ४ लाख ५० हजार, सवारी इन्धनमा ९५ हजार, प्रचारप्रचार सामग्रीमा ९२ हजार, कार्यालय सञ्चालनमा ४ लाख ५० हजार, प्रतिनिधि परिचालनमा एक लाख ८९ हजार खर्च भएको उल्लेख गरिएको छ ।

मतदाता नामावली खरिदमा २ हजार ५०० र विविध खर्च एक लाख १५ हजार गरी जम्मा २३ लाख चार हजार पाँच सय रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।

६ जनाले अझै बुझाएनन् निर्वाचन खर्च

गत मंसिरमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका डडेल्धुराका १४ जनामध्ये ८ उम्मेदवारले मात्रै खर्च विवरण बुझाएका छन् ।

निर्वाचनको मतपरीणाम प्रकाशित भएको झण्डै चार साता पुग्दासमेत अझै ६ जना उम्मेदवारले खर्च विवरण बुझाउन बाँकी छ ।

प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय जनमोर्चाका लालबहादुर जाग्री र स्वतन्त्र उम्मेदवार कर्णसिंह रावलले मात्रै निर्वाचन खर्च बुझाएको जिल्ला निर्वाचनका कार्यालय डडेल्धुराले जनाएको छ ।

प्रधानमन्त्री देउवाले आइतबार खर्च विवरण बुझाएका हुन भने अन्य उम्मेदवारहरुले योभन्दा अगाडि नै बुझाइसकेका थिए ।

बाँकी उम्मेदवारहरुले भने अहिलेसम्म खर्च विवरण नबुझाएको कार्यालयलेजनाएको छ । निर्वाचन अायोगले भने खर्च विवरण बुझाउन ताकेता गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment