Comments Add Comment

इन्द्र र मनीता उत्कृष्ट खेलाडी

बन्दी सहायता नियोग (पाम) का इन्द्रबहादुर श्रेष्ठ र नेपाल आर्मीकी मनीता श्रेष्ठ प्रधान राखेप च्याम्पियनसिपअन्तर्गत १५ औं राष्ट्रिय जुडो प्रतियोगितामा आइतबार उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

प्रतियोगिताको पहिलो दिन शनिबार इन्द्रले पुरुष ६६ केजीमुनि र मनीताले महिला ५७ केजीमुनि स्वर्ण जितेका थिए ।

प्रतियोगिताको अन्तिम दिन पुरुष ६० केजीमा पामका रोशनबहादुर दोङले कर्मा लामा, ७३ केजीमुनि नेपाल प्रहरीका सन्जित डंगोलले आर्मीका जंगबहादुर सारु, ९० केजीमा प्रहरीका श्रीराम मकाजुले आर्मीका रमेश चन्द तथा १०० केजीमाथि प्रहरीका राजन जोशीले कञ्चनपुरका आशिष ओझालाई पराजित गर्दै स्वर्ण जिते ।

महिलाको ५२ केजीमुनि एपीएफकी देविका खड्काले प्रिमियर जुडो डोजोकी अन्जु पाण्डे, ६३ केजीमुनि आर्मीकी फुपुल्हामु खत्रीले आर्मीकै निर्मला घर्ती मगर तथा ७८ केजीमुनि आर्मीकी पुनम श्रेष्ठले प्रहरीकी भावना घर्ती मगरलाई हराउँदै पहिलो भए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत  गरे । दुईदिने प्रतियोगितामा विभिन्न १३ जिल्ला र ९ क्लबका ८७ पुरुष र ४८ महिलासहित १ सय ३५ खेलाडीले १४ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment