Comments Add Comment

सवारी दुर्घटनामा एक जनाको मृत्यु, ७ जना घाइते

२४ पुस, नवलपरासी । नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्नेको ओरालोमा ५ वटा सवारी साधन एक आपसमा ठक्कर खादा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

सोमबार दिउँसो दाउन्नेबाट दुम्किवासतर्फ आउँदै गरेको लु३त ४५०० नम्बरको ट्याक्टरलाई ना४ख ६६९० नम्बर ट्रकले ठक्कर दिँदा ट्रयाक्टरमा सवार ७ जना घाइते भएका हुन् ।

दुर्घटनामा विनयी त्रिवेणी-२ निवासी ५० वर्षीया भगवती कार्कीको अस्पतालमा उपचारको क्रममा निधन भएको दुम्किबास प्रहरीले जनाएको छ ।

ट्रक र ट्रयाक्टर ठोक्किएपछि सोही सवारी साधनमा ना३ख ५९३६ ट्रक, लु३च ५३२२ नम्बरको जीप र ना६ख ५४२९ नम्बरको ट्रक पनि ठक्कर खाएको थियो ।

दुर्घटनामा परी विनयी त्रिवेणी-२ ज्यामिरे निवासी ४५ वर्षीय उदय रोकाय, ४० वर्षीया मीना रोकाय, ५० वर्षीय विष्णु रेग्मी, ४० वर्षीया ज्ञानु तामाङ्ग, ५५ वर्षीया यशोदा ढकाल, ४५ वर्षीया तुलसी परियार र ३८ वर्षीया जितकुमार पौडेल घाइते भएका छन् ।

घाँसदाउरा गरेर ट्रयाक्टरमा दम्किवासतर्फ र्फकदै गरेका महिलाहरु दुर्घटनामा परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment