Comments Add Comment

चाणक्यका अनमोल विचार, जसले जीवन वदल्न सक्छ

आचार्य चाणक्य एक महान विद्वान थिए, जसको नीतिको आधारमा केहि साम्राज्य स्थापित भएको थियो ।  उनको शिक्षादीक्षा प्रसिद्ध नालंदा विश्वविद्यालयमा भएको मानिन्छ । सानो उमेरदेखि नै होनाहार विद्यार्थीको रुपमा चिनारी बनाएका चाणक्य एक महान चिन्तक थिए ।

शासक कस्तो हुनुपर्छ ? राज्यव्यस्था कस्तो हुनुपर्छ भन्ने कुरामा उनले दिएको बिचार आजपनि उत्तिकै सान्दर्भिक र अनुकरणिय छ । साथै उनले जीवन र जगतका बारेमा पनि धेरै कुरा भनेको छन्, जो अहिलेको पुस्ताले मनन गर्नु जरुरी छ ।

उनले हामीलाई ‘चाणक्य नीति’ जस्ता ग्रन्थ दिए । यस ग्रन्थमा संग्रहित कतिपय बिचार जीवनोपयोगी छ ।

– सन्तुलित दिमाग जस्तो सादगी केहि छैन, सन्तोष जस्तो सुख केहि छैन, लोभ जस्तो बिमार केहि छैन, दया जस्तो पुण्य केहि छैन ।

– एक उत्कृष्ट कुरा, जो सिंहबाट सिक्न सकिन्छ । त्यो के हो भने हामी जे गर्न चाहन्छौ, त्यो पुरै दिल र जोडदार प्रयासका साथ गर्नुपर्छ ।

– सारसले जस्तै एक बुद्धिमान व्यक्तिले आफ्नो इन्दि्रयलाई नियन्त्रणमा राखेर स्थानको जानकारी, समय र योग्यता अनुसार आफ्नो उदेश्य प्राप्त गर्न चाहन्छ ।

– कसैको निन्दा नगरौ । यदि मद्दत गर्न सक्छौं भने हात बढाउँ, यदि सक्दैनौ भने हात जोड ।

– आफ्नो धन अर्काको भलाईमा प्रयोग हुन्छ भने, त्यसको मूल्य रहन्छ । अन्यथा यो दुखको भण्डार हो, यसबाट जतिसक्दो छुटकारा मिल्नुपर्छ ।

– जुन समय जे कामको लागि प्रतिज्ञा गरिन्छ, ठीक त्यही समय त्यही काम गर्नुपर्छ । अन्यथा विश्वास नष्ट हुन्छ ।

– जुन दिन हामीलाई कुनै समस्या आउँदैन, बुझौं हामी गलत बाटोमा छौ ।

– दिल र दिमागको द्वन्द्वमा दिललाई सुनौं ।

– शक्ति जीवन हो, निर्बलता मृत्यु हो । विस्तार जीवन हो, संकुचन मृत्यु हो । प्रेम जीवन हो, द्वेष मृत्यु हो ।

– कुनै काम सुरु गर्नुअघि आफुले आफैलाई तीन प्रश्न गरौं । म के गर्दैछु ? यसको नतिजा के हुन्छ ? के यसमा म सफल हुन्छु ?

– तपाई के गर्ने सोचिरहनु भएको छ ? त्यसलाई व्यक्त हुन दिनु हुँदैन । बुद्धिमानीपूर्वक यसलाई रहस्य बनाइ राखौ र यस काम गर्नका लागि दृढ हुनुपर्छ ।

– जबसम्म तपाईको शरीर स्वस्थ्य र नियन्त्रणमा हुन्छ, मृत्यु टाढा हुन्छ ।

– सबैभन्दा ठूलो गुरुमन्त्र हो, कहिलेपनि आफ्नो राज अर्कालाई बताउनु हुँदैन ।

– पाँच बर्षसम्म बच्चालाई प्रेम दिएर हुर्काउनुहोस्, बाँकी पाँच बर्ष आफ्नो नियन्त्रणमा राख्नुहोस् । जब सोह्र बर्षको हुन्छ, उनीसँग एक मित्रवत् व्यवहार गर्नुहोस् । आफ्नो वयस्क बच्चा नै आफ्नो सबैभन्दा विश्वसासिलो र नजिकको मित्र हो ।

– हामी भूतकालको बारेमा पछुताउनु हुँदैन, भविष्यका लागि चिन्तित हुन पनि जरुरी छैन । विवेकवान व्यक्ति सधै वर्तमानमा जिउँछ ।

– पृथ्वी सत्यको शत्तिद्वारा समर्थित छ । यो सत्यको शक्ति हो, जसले घामको चमक र हावालाई बेग दिन्छ । खासमा सबैकुरा सत्यमा आधारित हुन्छ ।

– त्यो जसको ज्ञान केवल किताबमा सीमित छ र उसको धन दोस्रोको कब्जामा छ, उनीहरुले आवश्यक्ता हुँदा न आफ्नो ज्ञान प्रयोग गर्न सक्छन्, न धन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment