२५ पुस, काठमाडौं । उत्तर कोरियाले २०१८ को शीतकालीन ओलम्पिकमा टिम पठाउने भएको छ ।
पछिल्लो दुई वर्षमा पहिलो पटक दक्षिण कोरियासँग भएको उच्चस्तरीय वार्ता भएपछि उत्तरको यो घोषणा आएको हो । उत्तर कोरियाले पठाउने टोलीमा खेलाडीका साथै समर्थक पनि हुनेछन् ।
शीतकालीन ओलम्पिक अर्को महिला सियोलमा हुनेछ ।
दुई कोरियाबीच वार्ता दुई देशको अन्तराष्ट्रिय सीमामा पर्ने पनमुनजोम गाउँको ‘पिस हाउस’मा भएको थियो ।
वार्तामा दक्षिण कोरियाले कोरियाली युद्धमा अलग भएकाहरुलाई सियोल ओलम्पिकका क्रममा पुनर्मिलन गराउने प्रस्ताव पनि राखेको छ । यो मुद्धा दुबै देशका लागि भावनात्मक छ र दक्षिण कोरियाले पुनर्मिलनमा जोड दिँदै आएको छ ।
सियोलले ओलम्पिकको उद्घाटनका क्रममा दुबै देशका खेलाडीहरुको संयुक्त मार्चको प्रस्ताव अघि राखेको छ । यसमा उत्तर कोरियाले के जवाफ दिन्छ थाहा छैन ।
१० वर्षअघि २००६ को ओलम्पिकमा दुबै देशले कोरियाली प्रयाद्वीपको झण्डामुनी मार्च गरेका थिए ।
प्रतिक्रिया 4