निर्माता छविराज ओझा र नायिका शिल्पा पोख्रेलले निर्माण गरेको चलचित्र ‘मंगलम’का लागि ठूला नेपाली चलचित्र नै अवरोध बनेका छन् । दशैंमा रिलिज हुने भनिएको चलचित्र ‘छक्का पन्जा २’का कारण फागूण ४ गतेलाई सरेको थियो ।
तर, फागूण ४ गतेपनि नायिका स्वेता खड्काले निर्माण तथा अभिनय गरेको चलचित्र ‘कान्छी’ रिलिज हुने भएपछि छवि फेरि अप्ठ्यारोमा परे । बाघ निर्माताको छवि बनाएका छविराज ओझा यसपटक नेपाली चलचित्रसँग नै भागिरेहका छन् । यसरि, सर्दासर्दै उनी फागूण २५ गते पुगेका छन् ।
छविराज ओझाको निर्माण तथा नवल नेपालको निर्देशनमा तयार भएको चलचित्र ‘मंगलम’ अब फागूण २५ गते रिलिज हुने पक्का भएको छ । यो मितिमा पहिले नै ‘हुर्रे र गाँजाबाजा’ले प्रदर्शन मिति तोकिसकेका छन् । यसैले पनि छविलाई सजिलो भने छैन ।
शिल्पा पोख्रेल, पुष्पल खड्का, पृथ्विराज प्रसाँइको मुख्य भूमिका रहेको यो चलचित्रको ‘पर्ख पर्ख मायालु’ बोलको गीत चर्चामा छ । चलचित्रमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको विशेष भूमिका छ । आशा गरौ, अब भने छवि पछि सर्ने छैनन् ।
प्रतिक्रिया 4