Comments Add Comment

चिसोले बारा र पर्सामा ६ को मृत्यु


२७ पुस, बारा । निरन्तरको शीतलहरपछि फैलिएको चिसोले पर्सामा ४ र बारामा २ जनाको ज्यान गएको छ ।

बुधबार पर्साको जीराभवानी गाउँपालिका–१, महादेवपट्टीमा चिसोले कठ्यांग्रिएर दुईजनाको मृत्यु भएको छ । महादेवपट्टी पकडिया टोलका ६० वर्षीय कमलखवास थारु र ३५ वर्षीय शम्भुमहरा चमराको मृत्यु भएको हो । मंगलबार राति खाना खाएर सुतेका खवास बुधबार बिहान ओछ्यानमा मृत अवस्थामा फेला परेको आफन्तले बताएका छन् ।

यसअघि मंगलबार बिहान पर्साकै वीरगन्ज महानगरपालिका वडा नम्बर २७ उदयपुरघुर्मीका ४० वर्षीय मञ्जु मण्डल धानुक र उनकी फुपु ६५ वर्षीया इनरमतिया देवीको चिसोले कठ्यांग्रिएर मृृत्यु भएको थियो ।

उता, बाराको सिम्रौनगढ नगरपालिका–९, बसबरिया टोलका ६५ वर्षीय नन्दलाल यादवको चिसोले कठ्याग्रिएर ज्यान गएको छ । सिम्रौनगढ नगरपालिका–८, कचोर्वाका ६० वर्षीय अनसिक राय यादवको पनि सोमबार नै चिसोले ज्यान गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment