Comments Add Comment

माग्नेले १० लाख लिएपछि जीतुले लेखे-‘५२ पत्ती तासमा, जोक्कर विशेष हुन्छ’


चलचित्र ‘छक्का पन्जा’ टिम र नायिका ऋचा शर्माविचको विवादको समयमा नायिका रेखा थापाले प्रतिक्रिया दिदै लेखेकी थिइन्-‘यिनीहरुबाट समाज परिवर्तनको आशा बेकार छ, जोक्करहरु ।’

रेखाको यो प्रतिक्रियापछि हाँस्य कलाकारहरुसँग उनको सम्बन्ध राम्रो छैन भन्ने वुझ्न लामो समय सोच्नै पर्दैन । तर, यतिबेला धेरै चलचित्रहरु कमेडी कथामा निर्माण हुन थालेका छन् । अब त, यहि ब्रान्डबाट चलचित्रको पर्दामा समेत स्टार बनेका कलाकार केदार घिमिरे महंगा कलाकार समेत बनिसकेका छन् । उनले, नायिका पूजा शर्माले बनाउन लागेको नयाँ चलचित्रका लागि १० लाख पारिश्रमिक लिएपछि अहिले चलचित्र क्षेत्र तरंगित भएको छ ।

नाम चलेका हिरोहरुले समेत १० लाख पारिश्रमिक लिन नसकेको समयमा केदारले यति चर्को पारिश्रमिक लिएका छन् । केदारले १० लाख पारिश्रमिक लिएपछि उनका सहकर्मी कलाकार जितु नेपालले प्रतिक्रिया दिदै लेखेका छन्-‘कलाको कुनै मुल्य हुँदैन, कलाकारको पारिश्रमिक बढ्दै जानु भनेको समग्र चलचित्र उद्योग नै माथि जानु हो । त्यसैले १० लाखे केदारलाई वधाई । छक्का पन्जा टिम हाइ हाइ ।’

उनले अगाडि लेखेका छन्-‘यतिखेर छक्का पन्जा २ मा आफैले बोलेको संवाद याद आयो । जोक्कर त भनिहालेउ, तर याद राख ५२ पत्ती तासमा जोक्कर एउटै हुन्छ र विशेष हुन्छ ।’

जितुको यो स्टाटस नायिका रेखा थापाप्रति लक्षित रहेको प्रष्ट छ । नायिका थापाको स्टारडम कमजोर बनिरहेको समयमा उनैले जोक्कर भनेका कलाकार महंगो पारिश्रमिक लिएर चलचित्रमा काम गर्न थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment