बुधबार, ५ वैशाख, २०७५
OnlineKhabar.com

डा. केसी समर्थकको घोषणाः अबको नैतिक लडाइँ ओलीविरुद्ध

अनलाइनखबर

२७ पुस, काठमाडौं । आमरण अनसनरत डा. गोविन्द केसी समर्थनको आक्रोस एमाले अध्यक्ष केपी ओलीतिर सोझिएको छ । ओलीले डा. केसी र उनको आन्दोलनलाई खिसिटिउरी मात्र गरेको भन्दै अभियान्ताहरुले आक्रोश पोखेका छन् ।

डा. केसीको समर्थनमा बिहीबार माइतीघर मण्डलामा भएको प्रदर्शनमा सहभागीहरुले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा मात्र मागेनन्, ओलीको आलोचना पनि गरे ।

अधिवक्ता ओमप्रकाश अर्यालले अबको नैतिक लडाई केपी ओलीविरुद्ध हुने बताएका छन् ।

डा. केसीबारे एमाले अध्यक्ष ओलीका पछिल्ला अभिव्यक्तिहरुलाई आफूहरुले नजिकबाट हेरिरहेको भन्दै उनले भने, ‘डा. केसीको सत्याग्रहले ल्याएका उपलब्धीलाई खिसिटिउरी गर्ने ? जोक बनाएर उडाउने ? अब नैतिकको लडाइँ ओलीविरुद्ध हुन्छ ।’

२०२८ सालको झापा काण्डमा ओलीको संलग्नता रहेको भन्दै उनले भने, ‘यसरी हत्या गर्नु भनेको नैतिक पतन हुने अपराध गर्नु हो, यो अदालतले पनि ठहर गरेको छ । उनी पार्टी अध्यक्ष मात्र होइन, प्रधानमन्त्री हुन पनि अयोग्य मान्छे हो ।’

उनले ओली कम्युािनष्ट पार्टीको नेता हो कि माफियाहरुको संरक्षक भन्ने प्रश्न पनि गरेका छन् । ‘डा. केसी अब एक्लो छैनन्, यो अभियान हो’ अधिवक्ता अर्यालले अघि भने, ‘ओलीविरुद्धको नैतिक लडाइँ अबको हाम्रो मिसन हो ।’

एमाले अध्यक्ष ओलीले बुधबार बैंकक जाने क्रममा डा. केसीप्रति ब्यंग्य गर्दै निर्वाचन आयोगलाई कानुनी विषयमा कुनै अप्ठ्यारो भए डा. केसीलाई सोध्नु भनेका थिए ।

प्रदर्शनलाई सम्बोधन गर्दै डा. केसीका सहयोगी डा. अभिषेक राज सिंहले ओलीलाई माफियाको घेरा बाहिर आएर बहस गर्न चुनौती दिए । उनले अघि भने, ‘ओली कमरेड, तपाईले अति गर्नुभयो । अब तपाईका दिनगन्ती सुरु भयो ।’

२०७४ पुष २७ गते १५:५६ मा प्रकाशित (२०७४ पुष २८ गते ७:५६मा अद्यावधिक गरिएको)

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

४१ प्रतिकृयाहरू प्राप्त
  • Jen लेख्नुहुन्छ    |   २०७४ पुष २७ गते १६:१८

    Oli sir ko meaning not dominate to kc sir.kc sir ko through parajuli sir li shatter ho

    51
    34
    Share

  • rajendra Wosti लेख्नुहुन्छ    |   २०७४ पुष २७ गते १६:४०

    अती भयाे अाेली जी काे घम०ड यसलाइ सन्तुलन गनू अावश्यक छ

    73
    87
    Share

  • narayan babu लेख्नुहुन्छ    |   २०७४ पुष २७ गते १६:४१

    yas kurama nisthawan harule sath dinechhan.kc sang oli ko kahilai tulana garna suhaudain.

    0
    0
    Share

  • nagen लेख्नुहुन्छ    |   २०७४ पुष २७ गते १६:४१

    Very Good ! Janatako Pasina Chusera Karodau kharcha garna Bankok Jane Medical Mafiyako Agent lai tetikai chhodnu Hunna.

    62
    63
    Share

  • ganes लेख्नुहुन्छ    |   २०७४ पुष २७ गते १६:५२

    आफु हुर्किएको कोक्रो जहाँ गएपनि प्रिय लाग्नु पर्ने हो, हुर्किएर अटिएन भन्दैमा भत्काउन शत्रुको समेत सहारा लिदै कुर्लनु ठिक हो र ओमजी ?

    75
    26
    Share

  • sanu लेख्नुहुन्छ    |   २०७४ पुष २७ गते १६:५२

    राम्रो कुरा – Gobinda KC and company ले खबरदारी गरि रह्यो भने पार्टी को पुरा पंगती बिकास – निर्माण मा जुट्छ उनीहरुको सरकारलाई खबरदार गरिरहने समय बिकासका लागि बच्छ । एमाले लाई पहिला पनि यो भजन मण्डली ले नखुइल्यये को होइन क्यारे !

    38
    15
    Share

  • स्वाभिमानी नेपाली लेख्नुहुन्छ    |   २०७४ पुष २७ गते १७:१२

    यसरि सडकमा आएर कसैको बिरोध, गर्दैमा केहि हुदैन ! तेसो भए सबै निर्णय सडक बाटै गरे भैहाल्यो प्र म पनि गोबिन्द के सी ले छाने भैहाल्थ्यो किन चुनाब गरेर येत्री बजेट र समय बर्बाद गरेको ?? जनताको मतबाट निर्बाचित व्यक्ति लाई प्र म बन्न अयोग्य ठान्दा जनताको अपमान भएन र ?

    105
    46
    Share

  • kusan sharma लेख्नुहुन्छ    |   २०७४ पुष २७ गते १७:१३

    ओलीजीले,

    डा.केसीका बारेमा गरेको टिप्पणीलाई मैले पनि,

    ‘छुद्र’भाषा भयो भनेर,

    कमेन्ट गरेको छु,गोविन्द केसीको पक्षमा,

    तर केपी ओलीलाई ‘तारो’बनाउने कुरो अलि मन परेन,

    अधिवक्ता ओमप्रकाश अर्याल(लोकमान प्रकरणपछि)मलाइ मन पर्छ,

    तर यो भनाइ ‘साझा बिबेकसिल पार्टी’को एक सदस्यको,

    भनाइ होकी,

    सर्बसाधारण’ओमप्रकाश अर्याल’को हो ?

    गोविन्द केसी सबै नेपालीका(कुनै दलका कार्यकर्ता होइनन)सम्पति हुन्,

    एउटा दलले अर्को दलका नेतासंग जेहाद छेडदा हुन्छ तर,

    त्यसमा डा.केसी र उनको अभियानलाई चाही नजोड है l

    89
    12
    Share

  • Bishnu Lamichhane लेख्नुहुन्छ    |   २०७४ पुष २७ गते १७:१७

    त्यसाे भए डा के सी नया राजा भएका हुन र उनकाे अालाेचना गर्नै नपाइने ????? उनका समथृकहरुले हेक्का राखुन ऽ अति सर्वत्र बर्जयत: !!!

    85
    27
    Share

  • एमालेसमर्थक मध्यपुक थिमि लेख्नुहुन्छ    |   २०७४ पुष २७ गते १७:३४

    डा.के.सी.को आन्दोलन भारतीय दलालको कब्जामा !
    सावधान !!!! डा.साव घेरा तोड्नुहोस् !

    68
    30
    Share

  • Ukhan लेख्नुहुन्छ    |   २०७४ पुष २७ गते १७:३५

    Ho oli ko biroda ma ladnu parxa

    26
    66
    Share

  • बिपेन्द्र शर्मा लेख्नुहुन्छ    |   २०७४ पुष २७ गते १७:४२

    यी देशमा अराजकता कायम गरार्इ महेन्द्र जस्ताे राजतन्त्र फर्काउन याेगी माेदी फकाउँदै छन । अाेलीमाथि प्रहार भनेकाे लाेकतन्त्र, गणातन्त्र र ब्यबस्थाप्रतिकाे प्रहार हाे । हिजाे लाेकतन्त्र नहुँदा स्वदेशी बिदेशी तानाशाह र तन्त्र संग लडदा दुला भित्र हुने हरू लाेकतन्त्रकाे टुसा मात्र पलाकाे बेलामा जनादेशकाे अबहृलना गरेर सत्ता नसुम्पने र राजालार्इ फर्काउन देउबा , गगन, मिश्र र केसी सव एक छन। सव एक अर्काका पाल्तु भार्इ हुन भने यीनका मालिक काे सवलार्इ थाहा हाेला। नेपालमा अराजकता , अराजकता , अराजकता श्रृजना गराउने मिसनकाे अभियन्ता अनलाइन चाँही हुनु भएन ।

    53
    26
    Share

  • गम्भीर सिह ऐर! लेख्नुहुन्छ    |   २०७४ पुष २७ गते १७:४२

    ए डाक्टर तेरो बाउको राज छ र ? कसैको दिन गन्ती सुरु गर्ने त को ? म तलाइ धम्की त दिदैन तर धम्की दिने अधिकार त र तेरा तोरि लाउरेहरुलाइ पनि छैन ।

    69
    37
    Share

  • ajay bhandari लेख्नुहुन्छ    |   २०७४ पुष २७ गते १७:५५

    राजेन्द्र पाण्डे मेडिकल कलेज ……केपी जी ले त्यता संकेत गर्या हो ….

    27
    17
    Share

  • अविरल लेख्नुहुन्छ    |   २०७४ पुष २७ गते १७:५७

    हैन यो केसी यी डा.ले जे गरे पनि हुने । कानुन भन्दा माथि हुन खोज्ने तर यिनका बारेमा भने शब्द निकाल्न समेत नहुने ।
    कहि नभएको जात्रा केसीले गर्छन् ।

    56
    28
    Share

  • राज कुमार लेख्नुहुन्छ    |   २०७४ पुष २७ गते १८:२५

    हो हो ठिक हो, गर्नु पर्छ किनकि के पी जीले यो देश ५ बर्समा बनाउछु भनेर ठुलो अपराध गर्नु भएको छ. एस्तो अपराधीलाई सत्तामा पुग्न दिनु हुदैन.

    53
    26
    Share

  • के. सादगी लेख्नुहुन्छ    |   २०७४ पुष २७ गते १८:४६

    ओलीजीका हनुमान्जीहरुले दुई तिहाईको फुई लगाएर गोबिन्द केसीको अपमान गरेर ओलीले बोलेकोमा समर्थन जनाउनु दास मानसिकताको उपज हो। सत प्रतिशत ल्याए पनि शासकले जनताको हित बिरुद्ध गएर उदण्डता प्रदर्शन गर्न पाउदैनन्। ओम प्रकाश अर्यालजी र डा. अभिशेकले भनेको कुरा पुरापुर सहि हो, ओलीजी स्वास्थ्य क्षेत्रका माफिया र डनहरुको खिलौना भए भने अबको लडाई उनीसंगै हुने हो।

    गान्धीको सत्य, निस्ठा र नैतिक हिम्मतका अगाडी भारतमा ईष्ट ईण्डिया कम्पनीको त जोर चलेन, पुर्वाग्रही भए भने ओली बाबैको के कुरा?

    ओली बाबैले बिदेश उड्ने बेलामा पुर्वाग्रही भएर डा.गोबिन्द केसीप्रती गरेको व्यग्यबाट धेरै मानिसहरु म जस्तै अवाक् भएको अवस्था मैले पाएको छु। अब पाँच बर्षसम्म देश सम्हाल्ने मौका पाएका मानिस उनका कर्मले ‘राजनेता’ होलान् भनेको त ‘स्वास्थ्य माफियाका खेलौना’ पो प्रमाणित होलान् भन्ने डर भो।

    कोही छन् उनका नजिकका मानिसहरु-उनलाई सन्त, निस्वार्थ र माहात्मा जस्तो मानिस डा.केसीप्रति अलिकति सहिष्णु र सकारात्मक बनेर बोल्न र चल्न पनि सकिन्छ है भनेर सिकाईदेओस्।

    40
    61
    Share

  • Khamma Singh Darlami लेख्नुहुन्छ    |   २०७४ पुष २७ गते १८:५६

    Mr. Oli’s temparement is not fit for PM. Although UML supporter are think Mr. Oli is GOD like Krishna, who preach GITA, therefore he will never change. Lets see upcoming United UML Chairman Mr. Prachanda may can do something.

    23
    40
    Share

  • Rajendra Prasai लेख्नुहुन्छ    |   २०७४ पुष २७ गते १९:१८

    हामी कसैले पनि ज्यादा उत्ताउलो भएर बोल्दा प्राप्त गरेको लोकप्रियताले उँधोमुन्टो लाउँछ भनेर हेक्का राख्नु पर्छ !

    52
    6
    Share

  • निर्मल लेख्नुहुन्छ    |   २०७४ पुष २७ गते १९:३३

    डोकाले जति छोपेपनि अाखिर बिरालाले म्याउ गरेरै छाड्यो । यो डाक्टर केसीको नाममा देउवाका हनुमानहरुको आन्दोलन हो, अब बन्ने बामपंथी सरकारलाई दु:ख दिने आन्दोलनको तयारि रहेछ भन्ने प्रमाणित भयो ।

    0
    1
    Share

  • Rajendra लेख्नुहुन्छ    |   २०७४ पुष २७ गते १९:४१

    अब pm पनि उनै गोबिन्द के.सी ले तोकुन।

    0
    1
    Share

  • ck लेख्नुहुन्छ    |   २०७४ पुष २७ गते १९:४२

    haina yo dr kc le garda ansan wa hunger strike ko nai value ghatla vanne dar.aba kuro rahyo ko oliko din ganti ko .ganer bas na ta din.baal vo.kp le aba yauta dr ko mudda liyar aljhine ho vane des kaule banaune?????health sector matrai ho des vaneko aeu sector herna pardaina?????leader le kahilekahi yasta nirnaya garer agadi janu parne hunxa .j hos ko oli ma kei aas xa oruko testai ho sabai vaiya hun.

    0
    0
    Share

  • Biren Panta लेख्नुहुन्छ    |   २०७४ पुष २७ गते २०:१४

    नेपाल का अस्पताल प्रती विश्वास भयको भय ओलि जि बिदेश जान्थे र ? डा. के सि. ले सबै जनाताले सुलभ स्वास्थ्य सेवा पाउनु पर्छ भन्दा ओलि कुर्लने ? ओलि जस्त लाज नभयका नेता ले गर्दा त देश को यो आवस्था आयो ।

    1
    0
    Share

  • प्रकाश बेलबासे, खिल्जी अर्घाखाँची लेख्नुहुन्छ    |   २०७४ पुष २७ गते २०:१८

    अोम प्रकाश अर्याल र अभिषेक राज सिह जीहरुलाई बिकास विरोधी मेडिकल माफियाहरुको हण्डी सार्है प्रिय र शुभ-लाभयुक्त भए जस्तो छ । एउटा बूढो पागललाई मोहरा बनाएर कती दिनसम्म चुस्न सक्नु हुन्छ ? तपाईंहरुको अनशन, प्रदर्शन, बहुलट्टिपनदेखी सारा नेपाली जनता दिक्दार भईसके अती नगरौ, खती होला ???

    0
    1
    Share

  • yadav लेख्नुहुन्छ    |   २०७४ पुष २७ गते २०:२६

    Oli जस्तो राष्ट्रवादी नेता हाल सम्म जन्मिएको छैन । जय ओली

    0
    2
    Share

  • Mitra Pandey लेख्नुहुन्छ    |   २०७४ पुष २७ गते २०:३५

    चरी डन , मेडिकल माफिया, बयल गाडामा गणतन्त्र, महाकाली सन्धिमा समर्थन, विद्या देवीलाई नै फेरी राष्ट्रपति प्रस्ताव,
    नाकाबन्दीका कालो बजारीलाइ पुरै छुट-ग्यास र पेट्रोल कतिमा खरिद गरेको थियो सबैलाइ हेक्का होला।
    त्यहि नी हनुमानहरु प्रशस्तै छन् यहाँ केपी को । झापा आदोलन देखि राजनीति गरेर बुढी भैसके अहिले सम्म मुख रातो बनाएर
    उखान पनि छेउ न टुप्पोको गर्नेले देश बनाउछ रे । मेडिकल माफिया त अहिले देख्या मात्र हो वहासंग शैसिक माफियाहरु नी प्रसस्त छन्
    नपत्याए यो पढेर रिसाउने हनुमानहरुलाई सोधे हुन्छ। बरु केपीको हनुमान हुनु भन्दा केसी को सुग्रिब हुनु राम्रो ।

    2
    0
    Share

  • सगरमाथा लेख्नुहुन्छ    |   २०७४ पुष २७ गते २०:३९

    सिखण्डी अघि लगाएर राष्ट्रियतामा धावा बोलिँदैछ । को को कति चोखो छ, जगतलाई थाहा छ । डा.सापलाई पनि हिलो छ्यापिँदै छ, उहाँले पनि बुझेकै होला । पछि घर न घाटको पार्लान्, अहिलेका अदृश्य शक्तिले । अोलिलाई मात्र किन प्रचण्ड, बाबुराम, शेरे सबैलाई नैतिकताको वाण हानम् न संविधान भन्दा माथिका भविष्यका नयाँ राजाहरु कि कसो ।

    1
    1
    Share

  • Sudan Dhakal लेख्नुहुन्छ    |   २०७४ पुष २७ गते २१:२१

    हैन याे डा. के.सी. समर्थक पनि के भाका हो? कसैले डा. के.सी. लाई नराम्राे भन्नै नहुने। उहाँ अाफ्नाे ठाउँ मा ठिक हुनुहाेला तर सबै किन अन्धाे भक्त भएर पछि लागेका । वीर हस्पिटलमा अाफ्नाे छाेरा काे हत्यारा लाई सजाय गरिपाउँ भनेर अनसन बस्दा बस्दै मृत्यु हुने अधिकारी बा लाई कसैकाे सपाेट पाउनु भएन, अधिकारी अामा अझै अनसन मै हुनुहुन्छ। न्याय पाउनु नेपाली जनता काे नैसर्गिक अधिकार हाे। किन हामी ती अधिकारी दप्पति काे पक्ष मा उभिदैनउ? किन गगन थापा वीर हस्पिटल अगाडि गयर चर्काे भाषण गर्दैनन् ? किन रबिन्द्र मिश्र सान्तवना दिन वीर हस्पटल पुग्दैनन् ? किन हामी #I AM WITH ADHIKARI BAA AAMA भनेर सडक मा बिराेध गर्दैनौं? किनकि गाेबिन्द के.सी. डाक्टर हुन डाक्टर सधै सही तर अधिकारी दम्पति गरिब…..

    1
    0
    Share

  • Vinod लेख्नुहुन्छ    |   २०७४ पुष २७ गते २२:४२

    येस्को बुद्धिले यो हिउँदमा घाम ताप्छ।अर्याल दलाल

    0
    1
    Share

  • T. Tulachan लेख्नुहुन्छ    |   २०७४ पुष २८ गते १:३८

    Dear all respected Nepalese fellows,
    Comedians makes a comedy on someone but not hurting him/her but make a programme interesting. Likewise a politician makes his/her speech similar to a comedian. Comrade KP Oli doesn’t mean to abuse
    Dr KC. We all know comrade KP Oli’s speech.

    Also we all are behind Dr KC so this is the time to let form the government to newly elected Maoist and UML parties jointly.

    We, Nepalese spent decades with such political and personal wrangling. We all people, specially young and academic persons must protect and support our government to prosper our country and poor and disadvantaged people.

    If comrade KP Oli regularly makes such jokes and comments on propose then it takes different scenario if not we all make such similar mistakes which we call it “tongue slip” if not the usual opportunist takes advantage. As well as we must not divert comrade Oli’s attention from doing his job for the country and people for next five years with comrade Prachanda.

    It is our duties to make safe and secure environment for the government which ever party it is. If not our country will be lawless one forever.

    0
    0
    Share

  • महेश्वर श्री लेख्नुहुन्छ    |   २०७४ पुष २८ गते २:२७

    ओलि जि का यस्ता कुरा सुन्दा वाक्क लाग्न थाली सकियो कति आलोचना मात्र नै खेप्ने हुन् त के पि ले सबै तिर बाट बिचार गरेर मात्र बोल्नु पर्यो के अब देखि कि कसो ?

    1
    0
    Share

  • Nepali लेख्नुहुन्छ    |   २०७४ पुष २८ गते ४:३५

    ए केाठे बिज्ञहरूकेा तिमिहरूले अालेाचना गर्दैमा अेालिकेा रैाँ पनि हल्लिनेवाला छैन । जनमत पाएर सबैभन्दा ठुलेा पार्टि बनाएका अेालिका बारेमा फाल्तुकुरा गर्न् बन्द गर खरापातिहरू । हारकेा पिडा अनेक बाहानामा पेाख्दै छैा पेाख । गर्न सक्ने केहि हैनैा क्यारे ।

    0
    0
    Share

  • Gopal Baral लेख्नुहुन्छ    |   २०७४ पुष २८ गते ६:५३

    हो…हो…! अबको पन्ध्रौ अनसन यो केपीबिरुद्ध नै हुन पर्छ । बहुमत जुटेकै छ , सरकार बनाउँला भनेर ढुक्क भा’होलान् । अब हुने पन्ध्रौ अनसनले भरसक केपीलाई प्रधानमन्त्री हुनबाटै रोक्ने, भइहाले राजिनामा मागेर अनसन सुरु गर्ने । प्रचार÷प्रसार गर्नेका कमी छैनन् । सत्याग्रहीले आँटेपछि नहुने के होला र ? लौ अग्रिम शुभकामना छ , डा’ड सा’ब् सहित ओलीबिरुद्ध लडाँइ सुरु गर्ने घोषणा गरेका अभियन्ताहरुलाई । जय हो अनसनकी…..!!

    1
    0
    Share

  • deepak लेख्नुहुन्छ    |   २०७४ पुष २८ गते ७:१२

    सरकारी तलब खायेर सरकार त्यो पनि रास्ट्रबादी नेता ओलि बिरुद्ध आन्दोलन गराउन उक्साउनु गोबिन्द के सि को हालसम्म रामरो गरेको कुरा पनि खेर फाल्नु हो ।

    0
    1
    Share

  • सफल लेख्नुहुन्छ    |   २०७४ पुष २८ गते ७:१५

    काम के नै छ र।। कैले पर्चन्द भनो कैले बाबुराम कैले ओली कैइले Dr.KC हैन जैले हर कुरा मा बिरोद अनी support।। हैन हाम्रो काम नै नारा लाउने मात्र हो कि के होला।यो कुरा चाइ कस्लाइ सोध्ने होला???

    0
    0
    Share

  • किसोर लेख्नुहुन्छ    |   २०७४ पुष २८ गते ७:१८

    फेरी प्रधानन्यायाधीश माथिको मुद्दालाई ओझेलमा पार्नको लागि के.पी.ओली तिर ध्यान मोड्ने काम हुन थाले षडयन्त्रकारीहरुले |

    0
    0
    Share

  • Thakur K.C लेख्नुहुन्छ    |   २०७४ पुष २८ गते ७:२०

    डा के सि,,,,, कुन्ठित र हरेक छेत्रमा असफल भएका मान्छे हरुको घेराबन्धिमा परी सकेका छन है,,,उहाको त्यागलाई प्रयोग गर्ने एउटा ठुलो समुह यि मेडिकल मफियाहरु भन्दा पनि डरलाग्दा छन,,,,,,,

    0
    0
    Share

  • Rameshmohan Adhikari लेख्नुहुन्छ    |   २०७४ पुष २८ गते ८:००

    राष्ट्रियतालाई अरु कमजोर नबनाऊ । जसरी होस्, नेपालका केही मान्छे निहित स्वार्थले लागेका छन् । धर्म निरपेक्षता, राष्ट्रिय भाषा, राष्ट्रिय पोसाक, राष्ट्रिय पर्व, एकता दिवस आदि यसका केही उदाहरण हुन् । गोविन्द केसी देवता होइनन् । उनको आलोचना गर्ने जतिलाई सिकार बनाउने हो भने न केसी रहन्छन् न नेपाल रहन्छ ।

    0
    0
    Share

  • Prem Khadka लेख्नुहुन्छ    |   २०७४ पुष २८ गते ९:१९

    एमाले र एमाले समर्थकले ओलि लाइ भगवान मानेर पुजा गरे हुन्छ । तर हामी माफिया बिरोधि , भ्रष्टाचार बिरोधि , दलाल बिरोधि ले के कारणले पुजा गर्ने ?

    2
    0
    Share

  • Sabin लेख्नुहुन्छ    |   २०७४ पुष २८ गते ९:३०

    Haha,Govinda KC ko chadai nai patan hune Wala Cha. Hekka rahos

    0
    0
    Share

  • janak लेख्नुहुन्छ    |   २०७४ पुष २८ गते १९:१८

    dherai nahausina sujhav xa.rastra ra rastriyata ma desko seer ucho rakhdai des ko arthik pragati ra bikas ma janta le biswas gareka lai xuta arop le k hunxa

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this