+
+
Shares

ओलीको व्यंग्यबाणः कानुनी विषयमा अप्ठ्यारो लागे गोविन्द केसीलाई सोध्नू

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष २६ गते १८:२६

२६ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग र डा. गोविन्द केसी दुबैप्रति व्यंग्य गरेका छन् ।

उपचारका लागि बैंकक जानु अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले सरकार गठनको प्रक्रियामा विलम्ब गरिएको भन्दै असन्तुष्टि जनाए ।

निर्वाचन आयोग ब्लाकमेलिङको शिकार भएको सुनिएको भन्दै उनले भने, ‘कति साँचो हो उहाँहरुले जान्नुहोला ।

अघि भने, यदि कानुनी कुरामा अप्ठ्यारो लाग्यो भने … (केहीबेर रोकिएर) गोविन्द केसीजीसँग सोध्नु भए पनि हुन्छ । गोविन्द केसीजीले धेरै कुरा फटाफट भनिराख्नु भएको छ । के के भने त्यो अदालतले पनि बुझ्ला, जान्ला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?