२८ पुस, काठमाडौं । नेपाल विद्यार्थी संघले काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीलाई धुलो उपहार दिएको छ ।
त्यसअघि धुलो नियन्त्रणको माग गर्दै बागदरवारस्थित महानगरको मूलगेटमा एक घन्टा धर्ना दिएको थियो । नेविसंघ काठमाडौं जिल्ला समितिको आह्वानमा प्रदर्शन गरेका उनीहरुले दोहोरो कर अन्त्य गर्न पनि माग गरेका छन् ।
धर्नापछि मेयर विद्यासुन्दर शाक्यलाई धुलो बुझाउन गएका थिए । तर, उनी बाहिर भएकाले उपमेयरलाई बुझाइएको काठमाडौं अध्यक्ष मनोज बैद्यले जानकारी दिए ।
उनले भने, ‘कलंकी, चत्रपथ, चाबहिल र तीनकुनेमा पार्किङ गरेर राखेको गाडीमा जम्मा भएको धुलो जम्मा पाएर बुझाएका हौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4