मंगलबार, २ माघ, २०७४
OnlineKhabar.com

सडकमा प्रमाणपत्र देखाउँदै हिँड्न आवश्यक छैनः प्रधानन्यायाधीश

२८ पुस, रुकुम ।  प्रधानन्यायाधीश गोपाल पराजुलीले आफ्नो नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रका बारेमा उठेका प्रश्नको संसदीय समितिमा जवाफ दिइसकेको प्रष्ट पारेका छन् ।

शुक्रबार रुकुम पूर्वको जिल्ला अदालत उद्घाटन गर्दै उनले अहिले सडकमा कोही कराउँदैमा केही नहुने दाबी गरे। आफू सक्षम भएर न्याय क्षेत्रमा प्रवेश गरेको र प्रधानन्यायाधीश बनेको उनको भनाइ छ ।

‘मैले पेश गर्ने ठाउँमा प्रमाण पेश गरिसकेको छु, अब सडकमा प्रमाण देखाउँदै हिँड्न आवश्यक छैन’, उनले भने । विभिन्न वहानामा न्यायालयप्रतिको विश्वास कम गराउन केही शक्ति लागेकाले त्यो सम्भव नहुने उनको भनार्इ छ । ‘हिजो पनि न्यायालय न्यायमूर्ति थियो’,उनले भने, ‘आज र भोलि पनि रहन्छ ।’

न्यायकर्मी जनताको भावना, न्यायको मूल्यमान्यता, पद्धति र प्रणालीबाट चल्ने गरेको बताउँदै उनले जिल्ला अदालत पनि सोही प्रणालीबाट चलिरहेको र अबका दिनमा पनि त्यसरी नै सञ्चालन हुन निर्देशन दिए ।

२०७४ पुष २८ गते १९:१९ मा प्रकाशित (२०७४ पुष २९ गते ८:१८मा अद्यावधिक गरिएको)

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

३ प्रतिकृयाहरू प्राप्त
  • Deepak Dhakal लेख्नुहुन्छ    |   २०७४ पुष २९ गते १०:११

    श्रीमानको अहंकारवाणी अशोभनीय प्रतित हुन्छ। सडकका रैतीहरुले पनि सत्य तथ्य के हो पुनः थाहा पाउँदा के बिग्रन्छ र? सर्वोच्च अदालतको प्रधान न्यायाधीश पदको गरिमासंग जनआस्था जोडिएको हुन्छ, निष्पक्ष न्यायको लागि। कुनै अमुक पराजुलीसंग होइन।

    8
    0
    Share

  • हरि हरि लेख्नुहुन्छ    |   २०७४ पुष २९ गते १०:१६

    चोरलाई चौतारामा राखेर निसाफ सुम्पेपछि यो भन्दा बढता के नै पो बोलोस त?
    कतै भोलि फेरि प्रधानमन्त्री पडकाउन पाउछु कि भन्ने आशा लाग्दो हो।

    5
    0
    Share

  • devendra लेख्नुहुन्छ    |   २०७४ पुष २९ गते १०:१६

    Hoit…ke ke sunnu parxa hau nepal ma

    1
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this