Advertisement skip this
  1. ताजा अपडेट
Comments Add Comment
दिवश श्रेष्ठ
२०७४ पुष ३० गते १२:३६
आखिर डा. केसी पनि स्वच्छ छविका त देखिएनन् । यिनले अनशन तोडदाको सहमति बूँदा मध्येको एक सहमति डा. जगदिश अग्रवाललाइ नै डीन बनाउने भन्ने देखिएकोले यिनले आफ्नो मान्छे डा. जगदिश अग्रवाललाइ नै डीन बनाउन अनशन बसेका रहेछन् भन्ने कुरा प्रमाणित भइसकेको छ । अझै पनि लाज पचाएर यिनि प्रधानन्यायाधीश विरुद्ध अनसन बस्छु भनि नै रहेका छन् । यस सम्बन्धमा मलाइ पुरानो नेपाली अस्त्र सिस्नु पानि लगाएर झ्याम्म झ्याम्म हान्नुपर्छ भन्ने कथन व्यवहारमा यिनमा पनि लागू गर्नुपर्छ की जस्तो लाग्यो । मेरो मनसाय dominate गर्ने होइन, तर पनि डा. केसीको पछिल्लो अभिव्यक्तिले यो प्रतिकृया दिन बाध्य भएको छु ।
nepali
२०७४ पुष ३० गते ८:४२
तिमि अरू जे गर मलाइ मतलब छैन तर केपि अेालीका बारेमा नराम्रेा नबेाल । तिमि भन्दा चाम्रा छन केपि ।तिमि अनसन बसिरहेकै बेला शेर बहादुर देउवाले केसिका मागका बारेमा कुरा गर्दा यदि म प्रधानमन्त्रीका लागि अनसन बसे भने छाड्रछैा भनेर प्रतिक्रिया दिएका थिए । केपी सँग जनमत छ । त्येा भुल कहिल्यै नगरे केपिका बिरूद्दमा अनसन बस्ने । किनकि यदि उनका बिरूद्दमा अनसन बस्यैा भने तिमि परमधाम हुने छैा किनकि तिम्रेा कुरा सुन्नेवाला केाहि हुने छैन । अहिलेकेा तिम्रेा काम प्रसँसनिय नै छ ।
Kumai
२०७४ पुष २९ गते १९:२३
Gopal Parajuli le naitik rupama bhaepani rajinama dinai parchha.
गम्भीर सिह ऐर
२०७४ पुष २९ गते १६:३४
डाक्टर केसि र नेपाल सरकार बिच भएको सम्झौता देखाउने दात मात्रै भएको कुरा अन्सन तोडदा केसिले बोलेको कुराबाट ज्ञात भयो । सबै धोका रैछ । त्यो धोकापुर्ण सहमती किन गरियो ? डाक्टर केसिले फागुन ८ गते सम्म प्रधान न्यायाधिश गोपाल पराजुलीले आफ्नो पदबाट राजीनामा नदिए १५ औं अनसनमा जाने घोषणा समेत गरेका छन। यसबाट सम्झौता अर्कै भयो देखाइयो अर्कै । त्यो किन आबश्यक पार्‍यो ?
Dharmendra
२०७४ पुष २९ गते १५:५०
लेख्नु त न पर्ने हो तर पनी लेख्न बाध्य भए जब न्यायालयको प्रसंग चल्यो र । यो देशमा न्याय पाउनु र अहिलेको कलयुगमा देउता भेट्नु उस्तै हो । जिल्ला महोत्तरी जलेश्वर न.पा.वा.नं.१२ बस्ने नविन कुमार पाण्डेयको जाहेरीले नेपाल सरकार भर्इ अपहरण गरी कर्तब्य ज्यान मुद्दा नम्बर 072-CR-0257 मा ११ वर्षको अवोध बालक निश्चल कुमार पाण्डेयलार्इ अपहरण गरेर निर्मम हत्या पश्चात फिरौती माग्ने अपराधीलार्इ महोत्तरी जिल्ला अदालतका ३ नम्बर बेञ्चका न्यायधीश अनिल कुमार शर्माले मिति २०७४/०१/१५ गते मुद्दा फैसला गर्दा ५ जना अभियुक्त भएकोमा २ जना मूख्य अभियुक्तलार्इ सफार्इ दिएको र यस सम्बन्धमा न्याय परिषद सचिवालयमा दर्ता नम्बर ५१ मिति २०७४/०१/२१ मा उजुरी दर्ता गराएको साथै सर्वोच्च अदालत समेतमा निवेदन गराएकोमा फैसला गर्ने महोत्तरीका न्यायधिश अनिल कुमार शर्मा हाल हुम्ला जिल्ला अदालतमा सरूवा भै सकेकोलार्इ हालसम्म सरूवा बाहेक कुनै कारवाही नभएकोमा । प्रतिवादीहरू सरोज कुमार पाण्डेय, संजिव मिश्रा, गोविन्द मिश्रा, पप्पु यादव र शिवम चोधरीलार्इ शुरू थुनछेकमा जिल्ला अदालत महोत्तरीबाट जमानत न दिर्इ पुर्पक्षको लागि थुनामा राखी मुद्दा चलाउनु पर्ने निर्णय माननीय न्यायधीश श्री पूर्णप्रसाद बास्तोला ज्यूबाट मिति ०७२/११/३ गतेका दिन आदेश भएको । पुनः सो आदेश उपर प्रतिवादीले निवेदन गरेकोमा सम्मानित पुनराबेदन अदालतका तत्कालिन सम्माननीय न्यायाधीश श्री पुरूसोत्तम भण्डारी (हाल सर्वोच्चमा पदस्थापन हुनु भएका) तथा माननीय न्यायधीश श्री प्रेमराज ढकालज्यूको संयुक्त इजलासबाट मिति ०७३ भाद्र १६ गते जिल्ला अदालत महोत्तरीको आदेशलार्इ समर्थन गरिएको तथा जिल्ला अदालतको आदेश रितपूर्वक रहेकोमा कानून बमोजिम आदेश सही भएको ठहर गर्दै छिटो किनारा गर्नु होला भनी आदेश हुँदै अभियुक्तहरूलार्इ जमानत न दिर्इएको । पुनः सो आदेश उपर प्रतिवादीले सर्वोच्च अदालतमा निवेदन गरेकोमा सो आदेश उपर सम्मानित सर्वोच्च अदालतका सम्माननीय न्यायाधीश श्री देबेन्द्र गोपाल श्रेष्ठ तथा सम्माननीय न्यायाधीश श्री मीरा खड्का ज्यूको संयुक्त इजलासबाट पनि जिल्ला अदालत र पुनरावेदन अदालतलार्इ समर्थन जनाउँदै निजहरूलार्इ थुनामा राखी कानून बमोजिम गर्नु भनी आदेश मिति ०७३ फाल्गुन ६ गते भएको र पुनः अभियुक्तलार्इ जमानत न दिर्इएको । यस्ता तिनबटा अदालतका माननिय तथा सम्माननिय न्यायाधीशबाट जमानत पनि नपाएका अभियुक्तलार्इ न्यायधीश अनिल कुमार शर्माले सफार्इ नै दिएकोमा हाल सम्म पनि पिडीत पक्षले न्याय नपाएकोमा अब न्याय पाउने आश नै गुमार्इ सकेका छन । यस सम्बन्धमा न्यायधीश अनिल कुमार शर्माका सहायक फाँटबाला रामदेव पाण्डेय अभियुक्त मध्येका सरोज पाण्डेयको आफ्नो काकाको छोरा हुन । निज फाँटवाला रामदेव पाण्डेयले आफ्नो भार्इलार्इ छुटाउन पक्षपातपूर्ण तरिकाले आफु विरूद्धको प्रमाणहरू लोप गर्न सक्ने तथा गाँउघरमा समेत आफ्नो भार्इलार्इ जसरी भएपनि हर सम्भव छुटाएरै ल्याँउछु भनी राख्दाका कारणको भयले फाँट परिवर्तन गर्न मिति २०७२ चैत्र ४ गतेमा निवेदन दर्ता गराएको तथा लगातार मौखिक निवेदन गरेकोमा फाँट पनि परिवर्तन भएन । यस्तो संकास्पद र भेदभावपूर्ण व्यवहारमा निज फाँटबालाका भार्इ सरोज कुमार पाण्डेय (मुख्य अभियुक्त) ले सफार्इ नै पार्इसकेको ।

‘पराजुलीले राजीनामा नदिए फेरि अनसन बस्छु’

२९ पुस, काठमाडौं । सरकारसँग ५ बुँदे सम्झौता गरेसँगै त्रिवि शिक्षण अस्पतालका डा. गोविन्द केसीले आमरण अनसन अन्त्य गरेका छन् । तर, प्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामा नदिए फेरि अनसन बस्ने चेतावनी दिए ।

शनिबार अनसन तोडेपछि डा. केसीले निश्पक्ष छानविनका लागि पराजुलीले राजीनामा दिनु पर्ने बताए । पराजुली, जो महाभ्रष्ट, अपराधी र माफिया हुन् । म त्यसको विरुद्ध लडेको हुँ र अहिले पनि लडिराख्छु’ उनले भनेका छन् ।

उनले अघि भने, जबसम्म प्रधानन्यायाधीश पदबाट हट्दैनन्, राजीनामा दिएर वा के गरेर होस्, त्यो छानविन निश्पक्ष हुन सक्दैन । निश्पक्ष नहुँदासम्म अदालतको मर्यादा गिर्छ । अदालतप्रति जुन विश्वास छ, त्यो रहँदैन ।’

अदालतको मर्यादा कायम राख्न पनि पराजुलीले राजीनामा दिनु पर्ने उनले बताए । डा. केसीले भने, दिँदैनन् भने म फेरि सत्याग्रहसहित आन्दोलन सुरु गर्छु ।’

चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) को डीनमा शशि शर्मालाई पुनर्वहाली गर्न सर्वोच्च अदालतले आदेश दिएसँगै केसी यसको खारेजी र प्रधानन्यायाधीशको राजीनामा माग गर्दै  पुस २४ गते अनसन बसेका थिए ।

तर, पुस २४ गते उनकाे भनाइले अदालतकाे अवहेलना गरेकाे भन्दै सर्वाेच्चले पक्राउ गर्न आदेश दिएको थियो । त्यसको २ दिनपछि अदालतकै आदेशमा रिहा भएका केसीले सरकारसँग ५ बुँदे सहमति गर्दै अनसन तोडेका हुन् ।

सरकार र केसीबीच भएको पाँच बुँदे सहमतिमा चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन ७ दिनभित्र सिफारिस समिति गठन गर्ने, त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आर्इओएम) को डीनमा प्रा.डा. जगदीशप्रसाद अग्रवाललाई नै निरन्तरता दिने उल्लेख छ ।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको खोसिएको अधिकार फिर्ता गर्ने सम्बन्धमा यसअघि गरिएका सम्झौता कार्यान्वयन गर्न त्रिवि कुलपतिले यथाशीघ्र र यथोचित कदम लिने बुँदासमेत सहमति पत्रमा छ । सहमतिको चौथो बुँदामा त्रिवि शिक्षण अस्पतालको सेवा र गुणस्तर बृद्धि गर्ने उल्लेख छ भने पाँचौंमा केसीले अनसन कार्यक्रम अन्त गर्ने उल्लेख छ ।

केसीको प्रमुख मागमध्ये प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा एक भए पनि यो विषय भने सहमतिपत्रमा उल्लेख छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

ट्रेन्डिङ

Advertisment