Comments Add Comment

जाडोमा के खाने ? डा.विकासानन्दको सूत्र

समस्या अवसरको शुरुवात हो । हरेक कुरामा यो सूत्र लागू हुन्छ । खानपान, जीवनशैली, करिअर, अध्यात्म, पीडा सबै पक्षलाई ध्यान दिएर हेर्‍यौं भने ती समस्या अवसर भएर आएको देख्छौं ।

अहिले जाडोको मौसम छ । जाडोमा पनि यो नियम लागू हुन्छ । जाडो यस्तो मौसम हो, जहाँ खानामा अरुचि हुनेहरुलाई पनि खाना रुच्ने गर्छ । सामान्य मानिसले पनि शरीर तताउन तातो खानपिनलाई नै माध्यम बनाउँछन् ।

मोटा घाटा मानिसलाई धेरै खाना रुच्नु समस्या हुनसक्छ । तर, यही खाना खाने रुचिलाई अलिकति मिलाउने हो भने त्यो अवसर बन्छ । यसले थप ६ महिनासम्म शरीरलाई पुग्ने नयाँ खालका तत्वहरुको संरक्षण गर्छ ।

नेपालीको खानामा अत्यन्तै कम प्रयोग हुने तत्व हो, ओमेगा-३ । ओमेगा-३ मस्तिष्कलाई बलियो बनाउने तत्व हो । यो काजु, पेस्ता, बदाम र नरिवलजस्ता तैलीय खाद्य पदार्थमा पाइन्छ ।

यो जाडोमा तपाईंले दैनिक पाँच दाना पेस्ता, पाँच दाना काजु, एउटा ओखरको गुदीलाई रातभरि पानीमा भिजाइदिनु होला । यसरी भिजाइएका दानालाई भोलिपल्ट पिसेर दूध र महमा खाने हो भने यसले शरीरलाई जाडोमा तातो बनाउन मद्दत गर्छ ।

चिसो लाग्ने समस्याबाट तपाईं मुक्त हुनुहुन्छ । सबैभन्दा ठूलो कुरा शरीरलाई तातो बनाउने डाइट खाने बहानामा ओमेगा-३ शरीरले पाउँछ । यसले जाडो छल्ने बहानामा मस्तिष्कलाई बलियो बनाउँछ ।

धार्मिक कर्महरुमा हामीले भगवानका मूर्तिहरुमा तीलको तेल चढाएका देख्छौं । हामीचाहीँ तोरीको तेल खान्छौं । खासमा, हाम्रा पितापूर्खाले तीलको तेलमा विशेष शक्ति हुन्छ भन्ने बुझेका थिए ।

यही कारण हरेक धार्मिक कार्यमा तील र जौको प्रयोग हुन थालेको थियो । अन्नमा जौ र तेलमा तीलको प्रयोग स्वास्थका लागि निकै लाभदायक हुन्छ । तीलमा ओमेगा-३ प्रशस्त मात्रामा पाइन्छ । यसमा फ्याट त हुन्छ तर शरीरलाई हानी हुने खालको फ्याट हुँदैन्ा । यो खानाका लागि अति राम्रो तैलीय पदार्थ हो ।

आजभोलि तीलको तेल उति पाइँदैन भन्ने लाग्छ भने यसको सट्टामा आलसको तेल खान सकिन्छ । बजारमा पाइने तोरी र सनफ्लावर तेलको तुलनामा आलसको तेल निकै लाभदायी हो । तर, यो तेल थोरै गन्हाउने र धेरै सस्तो पाइने भएकाले खान रुचाउँदैनौं ।

यो स्वादको बहानामा हामीले स्वास्थ्यमा गरेको ठूलो खेलबाड हो । खासमा, जाडोमा तील वा आलसको तेल अनिवार्य रुपमा प्रयोग गर्नुपर्छ ।

होइन, तपाईंलाई आलसको तेल खानै मन लाग्दैन र तीलको तेल पाइँदैन्ा भन्ने लाग्छ भने जैतुन तेल प्रयोग गर्न सक्नुहुन्छ । ‘ओलिभ ओयल’का नामले बजारमा पाइने जैतुनको तेल विश्वका सबैजसो सम्पन्नहरुले प्रयोग गर्छन् ।

आजभोलि युरोप-अमेरिकाका रेस्टुराँहरुमा यो तेललाई अनिवार्य अंग बनाइएको छ । यो स्वस्थकर मात्रै होइन, स्वादिलो पनि हुन्छ ।

नेपालीमा सुप खाने चलन निकै कम छ । हामी चिया कफी मन पराउँछौं । तर, सुप कमै खान्छौं । जाडोमा बच्न सुप स्वस्थकर र जाडो हटाउने माध्यम हो । सुपमा पनि टमाटर र अदुवाको सुप अन्त्यन्तै राम्रो हुन्छ । अण्डा खानेहरुले त्यसमा अण्डा मिसाइदिने हो भने शरीरलाई पनि निकै राम्रो गर्छ र जाडोलाई पनि । अदुवा शरीरको दुःखाइ अन्त्य गर्ने रामवाण हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment