+
+
Shares

केपी ओली र मैले पछि नर्फकने संकल्प गरेका छौंः प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ १ गते १३:३३

१ माघ, काठमाडौं । माओवादी अध्यक्ष प्रचण्डले एमाले र माओवादीबीच एकताबाट पछि नहट्ने बताएका छन् । कम्युनिष्टहरुको केन्द्र बनाउने प्रस्तावलाई जनताले अनुमोदन गरेको भन्दै अब कार्यान्वयन गर्ने जिम्मा नेतृत्वको भएको बताए ।

तारेभीर महोत्सवको उद्घाटन गर्दै प्रचण्डले जनतासामू गरिएको संकल्प अनुसार बलियो कम्युनिष्ट केन्द्र बनाउनु पर्ने र विकास निर्माणको युग सुरु गर्नु पर्ने बताए । उनले भने, एमाले अध्यक्ष केपी ओली र मैले हामी कुनै पनि मूल्यमा पछि नर्फकने र जनताको आकांक्षा अनुसार अघि बढ्ने संकल्प गरेका छौं ।’

प्रचण्डले ७० वर्षपछि स्थायी सरकार बन्न लागेको भन्दै नयाँ सरकार बनेसँगै विकासले गति लिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?