Comments Add Comment

मलेसियामा माघी महोत्सव उद्घाटन गर्दै राज्यमन्त्री चौधरीले भने- नेपालीले दुःख पाउँदा चिन्तित छु

क्वालालम्पुर । संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री जनकराज चौधरीले स्वदेशमै रोजगारी नपाएर विदेशिएका नेपालीहरुले विदेशमा समेत दुःख पाएको खबरले आफू निकै चिन्तित भएको बताएका छन् ।

प्रवासी थारु सेवा समाज मलेसियाले क्वालालम्पुरमा आयोजना गरेको माघी महोत्सवको उदघाटन गर्दर्ै राज्यमन्त्री चौधरीले भने, ‘हामीले राजनीतिक लडाई लडिसक्यौं अब विकास गर्नुपर्ने भएको छ र आफ्नै देशमा रोजगारी सृजना गर्नुपर्ने भएको छ ।’

आफूले कमाएको रेमिट्यान्स सहि किसिमले सदुपयोग गर्न अनुरोध गदै उनले भने दुःखले कमाएको पैसा सहि ठाउँमा लगानी गर्नुहोस् देश हामिले नै बनाउने हो ।

कार्यक्रममा मलेसियाका लागि नेपाली राजदुत डा. निरन्जनमान सिं बस्न्यात, एनआरएन मलेसियाका महासचिव सुन्दर आले, पूर्वअध्यक्ष शंकर बहादुर पौडेल, जनजाती महासंघ मलेसियाका अध्यक्ष पिटी शेर्पा, नेपाली कांग्रेस जनसम्पर्क समिति मलेसियाका महामन्त्री योगन्द्र कोइरालालगायतले शुभकामना मन्तब्य राखेका थिए ।

आरपी चौधरीले सञ्चालन गरेको कार्यक्रम सहयोग गर्नेहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा नेपालाबाट आएका कलाकारहरु अन्जु कुश्मी, राजकुश्मी तथा स्थानीय कलाकारहरुले समेत आफ्नो प्रस्तुति राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment