२ माघ, काठमाडौं । सत्ता हस्तान्तरणलाई लिएर कांग्रेस र एमाले शीर्ष नेताहरु छुद्र जुहारीमा उत्रिएका छन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कसैको बहुमत आएको छैन, सत्ता छाड भन्न लाज लाग्दैन भनेपछि एमाले कार्यबाहक अध्यक्ष वामदेव गौतमले त्यही शैलीमा जवाफ दिएका छन् ।
उनले भनेका छन्, ‘नकचरो भएपछि जे पनि भन्दा रहेछन् ।’
राजधानीमा आयोजित कार्यक्रममा एमाले नेता गौतमले कांग्रेसका लागि लोकतन्त्र षड्यन्त्र मात्र भएको बताए ।
जनादेश ‘कांग्रेस प्रतिपक्षमा बस, एमाले र माओवादी मिलेर सरकार चलाउ’ भन्ने भए पनि कांग्रेस सत्ता लम्ब्याउने र एमाले र माओवादी गठबन्धन भत्काएर आफ्नो समर्थनमा सरकार बनाउने खेलमा लागेको उनले बनाए ।
‘डुबिरहेको मानिसले बचिन्छ कि भनेर बग्दै आएको खरको त्यान्द्रो पनि समात्छ’ भने जस्तै कांग्रेस वाम गठबन्धन फुटाउन सकिन्छ कि भनेर लागेको उनले बताए ।
उनले अगाडि थपे, ‘आयु पुगेको प्रधानमन्त्री शेरबहादुर देउवाले भन्नुभयो -कसले ल्याएको छ बहुमत ? बहुमत लिएर आउनुस् । बहुमत त आइसक्यो दुई पार्टीको ।’
जति लम्ब्याउनुहुन्छ, उहाँको शरीरको कपडा त्यति बाहिर जाँदैछ । अन्तिममा कांग्रेसले एउटा पनि कपडा नभएको नाङ्गै बनाउनेछ, निर्वस्त्र शेरबहादुर देउवा !
कांग्रेस नेताहरुले सराप दिएको गठबन्धनलाई नै जनताले बरदान दिएर बहुमतमा आएको भन्दै एमाले कार्यबाहक अध्यक्ष गौतमले भने, ‘यो प्रधानमन्त्रीलाई थाहा छैन र ! तर, नकचरो भएपछि, लाज समाप्त भएपछि जे पनि भन्दा रहेछन् ।’
०६४ को चुनावपछि पनि कांग्रेसले चार महिनासम्म सरकार नछाडेको भन्दै उनले अब जति सत्ता लम्ब्याउँछ, त्यति नै देउवा नांगिने बताए । ‘जति लम्ब्याउनुहुन्छ, उहाँको शरीरको कपडा त्यति बाहिर जाँदैछ’ उनले भने, ‘अन्तिममा कांग्रेसले सभापति शेरबहादुर देउवालाई एउटा पनि कपडा नभएको नाङ्गै बनाउनेछ । निर्वस्त्र शेरबहादुर देउवा ! अरु केही परिणाम आउने छैन ।’
उनले वाम गठबन्धनलाई सरकार बन्न नदिए आफैं प्रतिनिधिसभा बैठक बोलाउने चेतावनी दिए । ‘सरकार बर्खास्त गर्छौ र जनताका प्रधानमन्त्रीलाई सिंहदरबारमा राख्छौं’ उनले भने, ‘तिम्रो हिम्मत छैन, तिमीले सोध्न सक्दैनौं । हामी त सबै सोच्छौं ।’
प्रतिक्रिया 4