Comments Add Comment

एन्फा कास्कीको अध्यक्षमा मिलन गुरुङ निर्वाचित

२ माघ, पोखरा । अखिल नेपाल फुटवल संघ (एन्फा) कास्कीको अध्यक्षमा नेपाली कांग्रेस निकटका मिलन गुरुङ निर्वाचित भएका छन् ।

मंगलबार भएको अधिवेशनमा प्रतिष्पर्धी शिव गुरुङ (माया)लाई ८ मतान्तरले पराजित गर्दै मिलन अध्यक्षमा निर्वाचित भएका हुन् । कुल १८ मत रहेको एन्फा कास्कीमा अध्यक्षमा निर्वाचित मिलनले १३ मत र उनका प्रतिद्वन्द्वी शिवले केवल ५ मत प्राप्त गरे ।

मिलन निवर्तमान उपाध्यक्ष हुन् भने शिव निवर्तमान सचिव । मिलनलाई कांग्रेसको समर्थन थियो भने एमाले निकट शिवलाई वाम गठबन्धनको समर्थन रहेको बताइएको छ ।

अध्यक्षबाहेक अन्य सबै पदमा भने निर्विरोध चयन भएका छन् । एन्फा कास्कीको विधान अनुसार ३ उपाध्यक्षमा सुरेन्द्र गुरुङ, विश्व तण्डुकार र ईश्वर गुरुङ -चन्द्र) निर्विरोध चयन भए ।

समितिको सदस्यहरुमा हिटलर घले, सचिनजङ्ग थापा, बुद्धिबहादुर खत्री, सुजितकुमार श्रेष्ठ, पुष्प बराल, ईन्द्रबहादुर गुरुङ, रामकृष्ण बास्तोला -गोरखाली), सुशीलकुमार श्रेष्ठ र महिला सदस्यमा राधा गुरुङ चयन भएका छन् ।

सचिव र कोषाध्यक्ष भने कार्यसमिति बैठकले मनोनित गर्ने छ ।

यसैबीच, एन्फा कास्कीले २ वर्षअघि सम्पन्न मनकामना पोखरा कपको आयव्यय सार्वजनिक गरेको छ । एन्फाले २०७२ सालमा सम्पन्न मनकामना पोखरा कपमा करीब साढे ७ लाख रुपैयाँ घाटा भएको जनाएको छ ।

प्रतियोगिताान ४७ लाख ७४ हजार ४ सय १५ रुपैया खर्च भएको थियो भने ४० लाख ३० हजार १ सय संकलन भएको थियो ।७ लाख ४४ हजार ३ सय १५ रुपैयाँ घाटा भएको एन्फा कास्कीका निवर्तमान अध्यक्ष धर्मबहादुर लामिछानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment