Comments Add Comment

सातै प्रदेशका प्रदेश प्रमुख ताेकिए, प्रदेश ३ मा अनुराधा

३ माघ, काठमाडौं । सरकारले सात प्रदेशको प्रदेश प्रमुख तोकेको छ । यससँगै प्रदेशसभा गठनको बाटो खुलेको छ ।

मन्त्रिपरिषद्को बुधबारको बैठकले कांग्रेस र मधेसवादी दुई दलले भागवण्डाका आधारमा प्रदेश प्रमुखहरु तोकेको हो । फोरम र राजपाको  सिफारिसमा १-१ जना प्रदेश प्रमुख नियुक्त गरिएको छ भने ५ जना कांग्रेसको सिफारिसमा भएका छन् ।

प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वर लाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख नियुक्त गरिएको छ ।

प्रदेश १ को प्रमुख भएका सुब्बा कांग्रेसका कार्यकर्ता हुन् । तर, बहुदल नआउञ्जेलसम्म उनी तत्कालीन नेकपा मालेसमर्थित अनेरास्ववियूका कार्यकर्ता थिए । बहुदल आइसकेपछि कांग्रेसमा प्रवेश गरेका हुन् । उनी सिनासका प्रोफेसर पनि हुन् ।

प्रदेश २ को प्रमुख बनेका रत्नेश्वर लाल कायस्थ पूर्वप्रशासकका साथै संघीय फोरमका सचिव पनि हुन् । सुरुमा उनलाई प्रदेश ५ को प्रमुख नियुक्त गर्न लागिएको थियो तर, फोरमको दबावमा २ मा आएका छन् ।

प्रदेश ३ को प्रमुख बनेकी अनुराधा कोइराला माइती नेपालकी संस्थापक हुन् । सन् २०१० मा सीएनएन हिरो समेत भएकी कोइराला चुनावको पूर्वसन्ध्यामा प्रधानमन्त्री शेरबहादुर देउवाको पहलमा कांग्रेस प्रवेश गरेकी थिइन् ।

प्रदेश ४ को प्रमुख बनेका बाबुराम कुँवर पूर्वमहान्यायाधिवक्ता हुन् । प्रदेश ५ का प्रदेश प्रमुख बनेका उमाकान्त झा पूर्वसचिव एवं खिलराज रेग्मी सरकारका मन्त्री पनि हुन् । उनी राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरका सम्धी हुन् ।

प्रदेश ६ को प्रमुख नियुक्त भएका सुर्खेतका दुर्गाकेशर खनाल कांग्रेसका पुराना नेता हुन् भने मोहनराज मल्ल पूर्व राष्ट्रिय पञ्चायत सदस्य हुन् । मल्ल केही समयअघि मात्र कांग्रेसमा प्रवेश गरेका थिए ।

यो पनि पढ्नुस् 

प्रदेश प्रमुखको नालीबेली : महन्थका सम्धीदेखि कांग्रेसका नवप्रवेशीसम्म

सरकारले तोक्यो अस्थायी मुकाम: प्रदेश ३ काे हेटाैंडा, ५ काे रूपन्देही

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment