Comments Add Comment

सरकारले तोक्यो अस्थायी मुकाम: प्रदेश ३ को हेटौंडा, ५ को रुपन्देही

३ माघ, काठमाडौं । लामो अलमलपछि सरकारले अन्ततः सातवटै प्रदेशको अस्थायी मुकाम तोकेको छ । बुधबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले प्रदेशहरुको अस्थायी मुकाम तोकेको कानुनमन्त्री यज्ञबहादुर थापाले जानकारी दिए ।

बुधबार दुई पटक बैठक बसेको थियो । पहिलो बैठकमा केही प्रदेशको राजधानीलाई लिएर मन्त्रीहरुबीच विवाद भएपछि दिउँसो दोस्रो बैठक बसेको थियो, जसले प्रदेशका अस्थायी मुकामहरु तोकेको छ ।

जस अनुसार प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को धनगढी अस्थायी मुकाम तोकिएको छ ।

प्रदेश ६ र ४ बाहेक अन्यको राजधानीलाई लिएर आन्दोलन भइरहेको छ । धनकुटालाई प्रदेश १ को राजधानी बनाउनु पर्ने माग भइरहेको छ भने २ को राजधानी वीरगञ्ज हुनु पर्ने भन्दै प्रदर्शन भइरहेको छ ।

प्रदेश ३ को राजधानी भक्तपुर कि ललितपुर भन्ने बहस धेरै भयो तर, उपप्रधानमन्त्री कमल थापाको दबावमा हेटौंडा भएको छ । प्रदेश ५ को राजधानी दाङ कि बुटबल भन्ने बहस र विवाद चलेपछि सरकारले रुपन्देहीलाई तोकेको छ । यसले बुटवल आन्दोलन मत्थर भएको छ भने दाङमा आक्रोस देखिएको छ ।

[sam_list] प्रदेश ७ को राजधानी धनगढी तोकिएपछि डोटी आन्दोलित भएको छ । दिपालयलाई मुकाम तोक्नु पर्ने माग राख्ै आन्दोलन नै भयो भने डडेलधुरा लगायतका जिल्लामा पहाडी जिल्लामा राजधानी हुनु पर्ने माग पनि उठेको थियो ।

विभिन्न ठाउँमा आन्दोलन सुरु भएपछि सरकारले अस्थायी मुकाम नै नतोकी राजधानीमै प्रदेशसभा सदस्यहरुलाई सपथ गराउने तयारी पनि गरेको थियो ।

तर, वाम गठबन्धनले सरकार संवैधानिक जिम्मेवारीबाट भाग्न खोजेको भन्दै विरोध गरेपछि देउवा सरकारले ‘हालका लागि प्रदेशको कार्यसञ्चालन स्थल’ तोकेको छ ।

संविधान अनुसार प्रदेशको नाम र राजधानी तोक्ने अधिकार प्रदेशसभाको हो र दुई तिहाईले निर्णय गर्नुपर्छ ।

यो पनि पढ्नुस् 

प्रदेश प्रमुखको नालीबेली : महन्थका सम्धीदेखि कांग्रेसका नवप्रवेशीसम्म

सातै प्रदेशका प्रदेश प्रमुख ताेकिए, प्रदेश ३ मा अनुराधा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment