Comments Add Comment

दाङलाई अस्थायी मुकाम नतोकेकोमा माओवादी नेता महरा आक्रोशित

३ माघ, दाङ । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता कृष्णबहादुर महराले सरकारले पाँच नं प्रदेशको अस्थायी मुकाम वुटवल तोकेपछि आक्रोश व्यक्त गरेका छन् ।

प्रदेश ५ को राजधानी दाङ हुनुपर्छ भन्ने लबिङमा रहेका महरा सरकारले रुपन्देहीमा अस्थायी मुकाम आक्रोशित भएका हुन् ।

महरालेे प्रदेशका अस्थायी राजधानी विवेकसम्मत र सन्तुलित रुपमा तोक्न नसक्नु सरकारको असक्षमता पुष्टि भएको बताएका छन् ।

‘प्रशासन पुनःसंरचना आयोगको सिफारिस, कतिपय सरकारी उच्च निकाय र राष्ट्रिय अन्तर्राष्ट्रिय सुझाव र सल्लाहलाई समेत लत्याउँदै गरिएको सरकारको यो निर्णय मनोमानी र स्वार्थप्रेरित हुन पुगेको छ,’ महराले भने ।

महराले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको यो निर्णय असन्तुलित, अविवेकी, अदूरदर्शी, असंवेदनशील भएको टिप्पणी गरेका छन् । ‘म यो निर्णयको विरोध र घोर भत्र्सना गर्दछु,’ महराले भने, ‘यसबाट देउवाको उत्पीडित क्षेत्रको सन्तुलित विकास गर्ने खोक्रो आदर्श उदाङ्गिएको छ र यो निर्णय पीडकहरुको स्वार्थद्वारा प्रेरित भएको पुष्टि हुन्छ ।’

दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित नेता महराले ५ नम्बर प्रदेशको राजधानी दाङ सुरक्षित, समदूरी र पूर्वाधारसहित पर्याप्त्ा स्थानमा रहेको बताए । उनले सरकारलाई तुरुन्त निर्णय सच्याउन अनुरोध समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment