Comments Add Comment

एकता गर्न तल कुरा मिलिसक्यो, अध्यक्षबीच मिल्न बाँकी छ : प्रवक्ता भुसाल

४ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले नयाँ सरकार गठनअघि नै एमाले र माओवादी केन्द्रबीच एकता हुने बताएकी छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा उनले भनिन्,’सरकार गठनअघि नै पार्टी एकता भइसक्छ, एकता संयोजन समितिले अहिले द्रुत गतिमा कामहरु गरिरहेको छ ।’ प्रवक्ता भुसालले वैचारिक रुपमा खासै विवाद नभएको र सांगठानिक व्यवस्थापनमा पनि आवश्यक परे कार्यदल बनाएर अघि बढ्न सकिने जानकारी दिइन् ।

उनले पार्टी एकतामा कुनै समस्या नभएकोले दुई अध्यक्षहरु बसेर सबै कुरा टुंगो लगाउने धारणा राखिन् । उनले भनिन्, ‘शीर्ष नेताद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डजीको कार्यविभाजन उचित ढंगले हुन्छ, पार्टी एकता भएपछि प्रधानमन्त्री पनि आफ्नो हुन्छ, अध्यक्ष पनि आफ्नो हुन्छ, यत्ति हो उहाँहरुको सम्मानजनक ढंगले कार्यविभाजन हुन्छ ।’

तल्लो तहमा कार्यकर्ताहरुबीच एकता भइसकेकोले अब केन्द्रमा पनि एकता चाँडै हुनेमा कुनै द्विविधा नभएको भुसालको भनाइ छ । ‘अब माथिल्लो लेभलमा दुई जना अध्यक्षबीच कुरा मिल्न बाँकी छ, छिट्टै मिल्छ, तल्लो लेभलमा त निर्वाचनमै सबै एक भएको कुरा स्पष्ट छ’ भुसालले भनिन् ।

सरकारले बुधबार अस्थायी राजधानी र प्रदेश प्रमुख तोकेको निर्णयप्रति टिप्पणी गर्दै उनले उक्त निर्णयमा आफूहरुको कुनै सहमति नभएको जिकिर गरिन् । उनले भनिन्,’सरकारले हिजो गरेको निर्णय राजनीतिक सहमतिबाट गरेको होइन, तर यो निर्णयले नयाँ सरकार गठनको लागि मार्गप्रशस्त गरेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment