+
+
Shares

गृहजिल्लामै जल्यो प्रधानमन्त्री देउवाको पुत्ला

आशिष मल्ल  आशिष मल्ल 
२०७४ माघ ४ गते १७:०६

४ माघ, डडेल्धुरा । प्रदेश ७ को राजधानी कैलाली तोकिएको विरोधमा गृहजिल्लामै प्रदर्शनकारीले प्रधानमन्त्री शेरबहादुर देउवाको पु्त्ला जलाएका छन् ।

बुधबारको मन्त्रिपरिषद् बैठकले प्रदेश ७ को राजधानी कैलालीको धनगढी तोकेको विरोधमा प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् ।

प्रदर्शनकारीले डडेल्धुरा सदरमुकाममा रहेको बसपार्कमै पुत्ला जलाएका छन् । प्रदर्शनकारीले प्रधानमन्त्रीको पुत्लाको शवयात्रासमेत गरेका थिए ।

बन्द तथा चक्काजामले मात्र मागको सुनुवाई नभएकाले थप दवाव दिन प्रधानमन्त्रीको पुत्ला दहन गर्नु परेको आन्दोलनमा संयोजक प्रकाश साउँदले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?