Comments Add Comment

‘जब यूट्यूबमा आफ्नै सेक्स टेप देखेँ’

यूट्यूबमार्फत आफ्नो गीत सार्वजनिक गरेर चर्चामा आएकी क्रिसी चेम्बर्सले पूर्व प्रेमीले गोप्य सेक्स टेप अनलाइनमा सार्वजनिक गरेपछि आफ्नो जीन्दगीमा परेको नकरात्मक असर बारे बताएकी छिन् ।

उनले भनेकी छिन्, ‘यो घटनाले मेरो जिन्दगीमा हरेक क्षेत्रबाट असर पारेको छ । आगामी दिनमा पनि यसको असर मलाई परिरहनेछ ।’

पूर्व प्रेमीबिरुद्ध चार वर्षसम्म कानुनी लडाईँ लडेकी चेम्बर्सलाई यूट्यूबका संगीतकारहरुले अहिले ‘रिभेन्ज पोर्न क्याम्पेनर’ का रूपमा चिन्न थालेका छन् ।

उनले भनिन्, ‘मैले सुरुमा एक जना साथीबाट थाहा पाएको थिएँ कि त्यो सेक्स टेप भएको लिङ्क एकदमै भाइरल भइरहेको छ ।’

‘कसैले हाम्रो यूट्यूब च्यानलमा विभिन्न तरिकाले त्यस्तो लिङ्क शेयर गथ्र्यों । र, भन्ने गथ्र्यों– तपाईंलाई के लाग्छ ? क्रिसी चेम्बर्स रोल मोडल हो ? उनी एक बेश्य हुन् । यो भिडियो हेर्नुस्, थाहा पाउनुहुन्छ ।’

उनले अगाडि भनिन्, ‘मैले लिङ्कमा क्लीक गर्ने बित्तिकै के भएको रहेछ भन्ने थाहा पाइहालेँ । म एकदमै आश्चर्यमा परेँ । मलाई ठूलो झट्का लाग्यो । यस्तो लाग्यो कि मेरो जीन्दगी सकियो ।’

पूर्व प्रेमीबिरुद्ध चार वर्षसम्म कानुनी लडाईँ लडेकी चेम्बर्सलाई यूट्यूबका संगीतकारहरुले अहिले ‘रिभेन्ज पोर्न क्याम्पेनर’ का रूपमा चिन्न थालेका छन्

२३ वर्षमा मदिराको लतमा

यो घटनाले उनको जीवनमा कस्तो असर पर्‍यो त ? क्रिसी चेम्बर्स भन्छिन्, ‘म डिप्रेशनमा परेँ । २३ वर्षको उमेरमै मदिरा पिउन थालेँ । म मरे तुल्य भएको थिएँ । एकदमै डरलाग्दो सपना देख्थे । मेरो पारिवारिक सम्बन्धमा पनि धेरै ठूलो क्षति पुग्यो ।’

उनले थपिन्, ‘मैले आफ्नो पार्टनरको साथमा एउटा यूट्यूब च्यालन चलाइरहेको थिएँ । हामीलाई ५० हजार युवाले पछ्याइरहेका थिए । त्यो भिडियो देखेपछि उनीहरु सबैले गाली गर्न थाले ।’

चेम्बर्सका अनुसार उनको लागि मुटु दुखाउने कुरा थियो ।

उनी भन्छिन्, ‘तर मलाई थाहा थियो कि मेरो दर्शक र फलोअर्सहरुले मलाई माया र समर्थन दिएका थिए । त्यसले मलाई अन्यायबिरुद्ध लड्न साहस मिल्यो । मैले एउटा उदाहरण बनाउन चाहेँ ताकि भविश्यमा कसैको साथ पनि आफूलाई जस्तै भए, उनीहरु फेरि आफ्नो खुट्टामा उभिन सकुन् ।’

कानुनी लडाइँ

कानुनी प्रावधानहरु प्रति लक्षित गर्दै उनले भनिन्, ‘मेरो पूर्वप्रेमीले त्यो सेक्स भिडियो जतिवेला अपलोड गरेको थिए, त्यतिवेला ब्रिटेनमा ‘रिर्भेन्ज पोर्न’को कानुन पारित भएको थिएन । जब कानुन बन्यो त्यतिवेला मैले ब्रिटेनमा त्यसबिरुद्ध उजुरी हाल्न गएँ । तर, उनीहरुले मेरो घटनामा अपराधिक मुद्दा चलाउन असम्भव रहेको बताए ।’

उनी भन्छिन्, ‘हामीले मुद्दा लड्का लागि एक महिनामा पैसा जम्मा गर्ने काम गर्‍यौं । यो काममा मलाई मानिसहरुलेसाथ दिए । कतिपय तीता अनुभव पनि बने । तर, अन्तिममा मैले मुद्दा जितेरै छोडेँ । मलाई सबै भिडियोको कपिराइट मिल्यो ।’

‘यदी कसैले त्यस भिडियोलाई फेरि प्रयोग गरेको खण्डमा सिधै उनीहरुको साइटमा गएर मैले कपिराइट दाबी गर्न सक्ने भएँ । र, भिडियो नहटाए कानुनी कारबाही हुने भयो’, उनले भनेकी छिन् ।

त्यो भिडियोलाई हटाउनका लागि भन्दै उनले कतिपय वेबसाइटसँग सम्पर्क पनि गरिन् । तर, केही जवाफ आएन । आखिरमा उनले वकिलको सहायता लिनै पर्‍यो । जब वकिलले सूचना पठाए, ती वेबसाइटहरुले भिडियो हटाए ।

त्यसपछि यस्ता घटनाबाट पीडित बनेकाहरु चुप लागेर बस्नुको साटो प्रतिरोध गर्न थाले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment