+
+
Shares

आइएमई जनरल इन्स्योरेन्सको २४ औं शाखा चावहिलमा

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ ५ गते १५:०७

५ माघ, काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले कम्पनीको २४औं शाखा चाबहिलमाखुलेको छ ।

उक्त शाखाको उद्घाटन कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकालज्यूले गर्नुभयो । उक्त अवसरमा कम्पनीको संचालक समितिका सदस्यहरुको उपस्थिती रहेको थियो ।

शाखा उद्घाटन मारोहमा स्थानिय उद्योगी, व्यापारीहरु लयागत विभिन्न बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीका प्रमुख तथा प्रतिनिधीहरु तथा सर्वसाधारणहरुको उपस्थिति थियो ।

शाखाको उद्घाटन कार्यक्रममा कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकालज्यू बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरीनै शाखा सञ्जाल विस्तार गरी ग्राहक महानुभावहरुलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने जानकारी गराउनु भयो ।

२४ वटा शाखा २ वटा सम्पर्क कार्यालय तथा १० वटा सेवा काउण्टरहरु र प्रधान कार्यालयसहित ३७ स्थानबाट सेवाग्राहीहरुलाई सेवा प्रदान गर्ने छ जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?