Comments Add Comment

दिब्येश्वरीले पाइन् प्रदेशसभा हाँक्ने अवसर !

७ माघ, धनगढी । सरकारले सात प्रदेशमा प्रमुख नियुक्त गर्दा अनुराधा कोइराला पनि अटाइन् । उनले पहिलो महिला प्रदेश प्रमुख बन्ने अवसर पाइन् ।

आइतबार प्रदेशसभा सदस्यहरुको सपथका क्रममा त्यस्तै अर्को संयोग जुरेको छ । सबै प्रदेशमा प्रदेश प्रमुखले जेष्ठ सदस्यलाई सपथ गराए र जेष्ठ सदस्यले बाँकी प्रदेशसभा सदस्यहरुलाई सपथ दिलाएका छन् ।

६ वटा प्रदेशमा जेष्ठ सदस्य पुरुष नै रहे । तर, सातौं प्रदेशमा महिला जेष्ठ सदस्य रहिन् । प्रदेश ७ को प्रदेशसभाको जेष्ठ सदस्य दिब्येश्वरी साहले प्रदेश प्रमुख मोहनराज मल्लबाट पद तथा गोपनीयताको सपथ लिइन् ।

त्यसपछि उनले अन्य सदस्यहरुलाई सपथ गराइन् । प्रदेशसभाले सभामुख चयन नगरेसम्म उनले नै जेष्ठ सदस्यको हैसियतमा सभा सञ्चालन गर्नेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment