७ माघ, डोटी । प्रदेश नं. ७ को राजधानी डोटी हुनु पर्ने माग राख्दै माघ तीन गतेबाट सुरु भएको डोटी बन्द फिर्ता भएको छ ।
माघ २४ गते हुने राष्ट्रिय सभाको निर्वाचनको कार्यक्रमहरुलाई मध्यनजर गर्दै आइतवार सााझ पाँच बजेबाट यातायात, बजार, शिक्षण संस्थाहरु, बित्तीय संस्थाहरु र निर्वाचन अधिकृतको कार्यालय खुला हुने आन्दोलन संयोजन समितिले जानकारी दिएको छ ।
समितिका सदस्य दीपकबहादुर खड्काले दिएको जानकारी अनुसार सरकारी कार्यालयहरु र गैरसरकारी संस्थाका कार्यालयहरु भने बन्द नै रहने छन् ।
उनले भने ‘माघ १२ गते सम्म वन्द फिर्ता भएको छ, त्यसपछि के गर्ने भन्ने बिषयमा १२ गते बस्ने बैठकले निर्णय गर्नेछ ।’
समितिले दिएको जानकारी अनुसार आन्दोलनका अन्य कार्यक्रमहरु भने यथावत रहने छन । सोमबारदेखि माघ १२ गतेसम्म प्रत्येक दिन दिउँसो १२ बजेदेखि सम्वन्धित स्थानमा धर्ना दिने र दिउँसो २ बजेदेखि ४ बजेसम्म बजार बन्द गर्ने निर्णय भएको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।
प्रतिक्रिया 4