Comments Add Comment

‘रेनो एक्सपेरियन्स’ विभिन्न शहरमा

७ माघ, काठमाडौं ।नेपालमा रेनोको आधिकारिक बितरक एडभान्स अटोमोबाईल प्रालि (विशाल समूहको सहायक कम्पनी)ले रेनो कार प्रेमीहरुका लागि माघ ७ गतेदेखि माघ १४ गतेसम्म नेपालभरी रेनो एक्सपेरियन्स मेला आरम्भ गरेको छ ।

‘एक्सचेन्जमा दम छ, एक्साइटमेन्ट फुल अन छ” भन्ने ट्यागलाईनका साथ अटोमोबाइल ग्राहकहरुलाई ध्यानमा राखेर आयोजना गरिएको यो कार्निभलमा पुरानो कार प्रयोगकर्ताहरुले रेनोको नयाा कारका साथमा एक्सचेन्ज गर्न सक्नेछन् ।

रेनोको क्विड, डस्टर र लजी मोडलहरुमा एक्सचेन्ज उपलब्ध रहेको छ । अभियानले ग्राहकलाई १ लाख बराबरसम्मको एक्स्चेन्ज बोनस अफर, २ वर्षसम्मको लागी फि्र सर्भिसिङ, एक बर्षको लागि बीमा, निशुल्क एसोसोरिज, एक आर्थिक वर्षभरीका लागि सडक कर फ्री, स्पट फाइनान्स, तुरुन्त मूल्यांकन र एक्सचेन्ज, आकर्षक नगद छुट -क्यास डिस्काउन्ट) लगायत सेवा उपलब्ध गराएको छ ।

रेनो एक्सपेरियन्सले ग्राहकहरुलाई एक्सचेन्जको माध्यमबाट नयाा पुस्ताका कारहरुको बारेमा जानकारी दिनुका साथै उत्कृष्ट ड्राइभिङको आनन्द प्रदान गर्ने बारेमा जानकारी प्रदान गर्नेछ ।

यस बाहेक रेनोले जाडो यामका लागि लक्षित गरी ल्याएको ‘रेनो सुप्पर हिट’ स्किम सञ्चालन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment