Comments Add Comment

रामेछापकी कविता बनिन् यसवर्षको मिस तामाङ

८ माघ, पोखरा । पाँचौं मिस तामाङको उपाधि रामेछापकी कविता तामाङले जितेकी छन् । २८५४ औं सोनाम ल्होसारको अवसरमा शनिबार पोखरा सभागृहमा भएको अन्तिम प्रतिस्पर्धामा १५ जना प्रतिस्पर्धीलाई पछि उनले उपाधि जितेकी हुन् ।

उनले उपाधिसहित नगद ३० हजारको साथमा क्राउन, ट्रफी प्राप्त गरेकी छन् । कविताले मिस टयालेन्टको सबटाइटल पनि जित्न सफल भइन् ।

बैदाम तामाङ सेवा समाजले आयोजना गरेको प्रतियोगितामा फस्ट रनरअप काठमाडौं स्वयम्भुकी सुस्मिता गोले तामाङ र सेकेन्ड रनरअप लेकसाइडकी अमिता लामा भइन् । उनीहरु दुबैले क्रमशः नगद २० हजार र १५ हजार रूपैयाँको साथमा क्राउन र ट्रफी प्राप्त गरे ।

सुस्मिताले फस्ट रनरअपको उपाधिसहित पब्लिक च्वाइस र कन्फिडेन्ट सबटाइटल पनि प्राप्त गरिन भने अमिताले फोटो जेनिकको सबटाइटल पनि प्राप्त गरिन् । प्रतियोगितामा भियोर च्वाइसको उपाधि लालीगुराासटोलकी सोनी तामाङले प्राप्त गरिन् । उनले नगद १० हजारसहित क्राउन र ट्रफी प्राप्त गरिन् । साथै उनले ब्युटी विथ प्रपोज सबटाइटल पनि प्राप्त गरिन् ।

मालेपाटनकी नीलम तामाङ मिस कल्चर, काठमाडौं बालाजुकी मोनिका तामाङ मिस फ्रेण्डली, नयााबजारकी ओमिशा घिसिङ मिस बेस्ट स्किन, याम्दीकी लक्ष्मी गोम्जा तामाङ बेस्ट हेयर, रत्नचोककी शशी तामाङ मिस ब्युटिफुल, मालेपाटनकी विष्णु मोक्तान, मिस डिसिप्लिन, सिम्पानीकी सोनाम बम्जन, बेस्ट स्माइल, फूलबारीकी सुस्मिता तामाङ बेस्ट वाक, लालीगुराासटोलकी पनिता तामाङ मिस अर्गनाइजर च्वाइस, लेकसाइडकी इसिका तामाङ बेस्ट पर्सनालिटी, मालेपाटनकी सेलिना मोक्तानले बेस्ट पर्फमरको सबटाइटल प्राप्त गरे ।

युवा पुस्तालाई तामाङ संस्कृति र संस्कारबारे जानकारी दिनुका साथै तामाङ समुदायका युवतीहरुको व्यक्तित्व र नेतृत्व क्षमता अभिवृद्धिका लागि प्रतियोगिता आयोजना गरिएको बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङले बताए । प्रतियोगितामा पोखरा, काठमाडौं तथा देशका विभिन्न भागबाट तामाङ समुदायका १५ जना प्रतिस्पर्धामा थिए ।

उक्त अवसरमा बैदाम तामाङ सेवा समाजलाई लामो समयदेखि सहयोग गर्दै आएका तथा तामाङ जाति संस्कार संस्कृतिको संरक्षणमा योगदान गरेवापत नेपाल तामाङ घेदुङ प्रदेश नं. ४ का अध्यक्ष दीपक वाइबालाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment