Comments Add Comment

प्रदेश सरकार सञ्चालनका लागि विराटनगरका ८ कार्यालय छनोट

मर्मत सम्भारका लागि ५ करोड

८, माघ विराटनगर । प्रदेश १ को अस्थायी मुकाम विराटनगरमा मुख्यमन्त्री र अन्य मन्त्रालयका लागि ८ वटा कार्यालय छनोट गरिएको छ ।

प्रदेश संसद र प्रदेश सरकार सञ्चालनका लागि भवन छनोट गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आर्चायले जानकारी दिए । ती कार्यालयहरु मर्मत सम्भारका लागि केन्द्रबाट ५ करोड रुपैयाासमेत निकासा भएको छ ।

कुन कार्यालयमा, कुन मन्त्रालय ?

क्षेत्रीय पशु निर्देशनालयमा प्रदेश प्रमुखको कार्यालय र निवास राखिएको छ । प्रदेश मुख्यमन्त्रीको कार्यालय र निवासका लागि क्षेत्रीय कृषि निर्देशनालयको भवन छनोट गरिएको छ । प्रदेशसभा बैठक जिल्ला समन्वय समितिको कार्यालयमा सञ्चालन हुनेछ ।

क्षेत्रीय सिञ्चाई निर्देशनालयलाई मुख्यसचिवको कार्यालय र निवासका रुपमा छनोट गरिएको छ । विषयगत मन्त्रालयका लागि उद्योग विकास शाखा मोरङ, क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय -प्रयोगशालाबाहेक), जिल्ला जनस्वास्थ्य कार्यालय छनोट गरिएको छ ।

त्यस्तै जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय, क्षेत्रीय वन, क्षेत्रीय सहरी विकास आयोजना पनि मन्त्रालयको रुपमा प्रयोग गरिने भएको छ । बाली संरक्षण कार्यालय, क्षेत्रीय पशु अन्वेषण कार्यालय तथा प्रयोगशालामा राख्ने तयारी भइरहेको छ । उचित विकल्प भएमा यी कार्यालय परिवर्तन हुन सक्ने प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए ।

यसअघि सरकारद्वारा गठित शहरी विकास मन्त्रालयको टोलीले सरकारलाई विराटनगरका १२ सरकारी कार्यालयका भवन प्रदेश सरकार सञ्चालनका लागि छनोट गरेको थियो । ती कार्यालय मर्मतका लागि २१ करोड रुपैयाा लाग्ने अनुमान गरिएको छ ।

तर सरकारले ५ करोड रुपैयाामात्र निकासा गरेको शहरी विकास डिभिजन कार्यालय विराटनगरका डिभिजन प्रमुख श्यामकिशोर सिंहले जानकारी दिए ।

उनले कार्यालय व्यवस्थापन, मर्मत सम्भार, सुरक्षा युनिट लगायतका संरचना निर्माण र मर्मतका लागि लागत अनुमान गर्ने काम भइरहेको उनले बताए । लागत अनुमानको काम सकिएलगत्तै टेण्डर आहृवान गरेर पुराना सरकारी भवनको मर्मत सम्भार सुरु गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment