Comments Add Comment

कमल र कल्पनाको ‘सास विनाको धड्कन’


गायक कमल खत्री र कल्पना कुसुमको स्वरमा वनेको गित ‘सास विनाको धड्कन’ को म्युजिक भिडीयो रिलीज भएको छ । युटुववाट रिलीज भएको उक्त भिडीयोको सम्पुर्ण दृश्य अष्ट्रेलियामा छायाँकन गरिएको हो । सयवढि गितमा स्वर भरेका कमल खत्री र दर्जनवढि गितमा स्वर भरेकी गायीका कल्पना कुसुमको यो स्वर तथा भिडीयो हेर्ने अधिकासं दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् ।

मिलन मिश्र र सिता भण्डारीलाई फिचरिङ गरिएको उक्त भिडीयोको गितको लिरीक्स तथा म्युजिक कमल खत्रीले गरेका हुन । विजेश्वरराज तन्दुकारको एरेन्जमा वनेको गितको भिडीयोलाई नेत्रजंग पाण्डेले निर्देशन गरेका हुन । नेत्रजंग अष्ट्रेलियामा वसेर म्युजिक भिडीयो निर्माणमा पनि व्यस्त छन् । भिडीयोलाई विनोद केसीले निकै आकर्षक ढगंवाट खिचेका छन् । कृष्ण भण्डारीले सम्पादन गरेका हुन ।

कलाकारहरु मिलन मिश्र र सिता भण्डारी पनि केही समय अघि मात्रै अस्टे«लिया पुगेका थिए, उनिहरु अस्टे«लियामै वसेर मोडलिङ क्षेत्रमा जम्न खोज्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment